
काठमाडौं । बुधबार सेयर बजार मापन परिसूचक नेप्से २५.८१ अंक घटेको छ । याेसँगै नेप्से परिसूचक २७४४ अंकमा झरेको छ । अघिल्लो दिन नेप्से २६.१६ अंक घटेको थियो ।
आज कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ६ अर्ब ५३ करोडको कारोबार भएकोमा आज ४ अर्ब ९८ करोडको भयो । ३० कम्पनीको मूल्य बढ्दा २३५ को घट्यो भने ४ को स्थिर रह्यो ।

























