
विराटनगर । विराट व्यापार संघको अध्यक्षमा प्रमोदकुमार अग्रवाल (जिन्दल) निर्वाचित भएका छन् । विराटनगरस्थित संघको केन्द्रीय कार्यालयमा बुधबार सम्पन्न २६ औँ साधारणसभा तथा १३ औँ अधिवेशनबाट अग्रवालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।
यसअघि संघको वरिष्ठ उपाध्यक्ष रहेका अग्रवाल अब आगामी कार्यकालका लागि नेतृत्वदायी भूमिकामा पुगेका हुन् ।
अधिवेशनले संघको वरिष्ठ उपाध्यक्षमा श्यामलाल पौडेल (भवेष) लाई निर्वाचित गरेको छ । यस्तै, उपाध्यक्षहरूमा प्रवीण अग्रवाल, मनोहर कार्की, किरण ढुंगेल र महिला उपाध्यक्षमा सरस्वती ओझा चयन भएका छन् ।
संघको महासचिवमा महेन्द्र खड्का, उपमहासचिवमा भोजराज निरौला, कोषाध्यक्षमा सुनिता गुरुङ र सह कोषाध्यक्षमा अशोक पौदार निर्वाचित भएका छन् ।
यसैगरी, कार्यसमिति सदस्यहरूमा शिवरतन शर्मा जोशी, विपिन खतिवडा, महेन्द्र खेतान, रमा श्रेष्ठ, अनिष पुरी, अभिषेक गौतम, कुमारी आचार्य (सोनिया), सुस्मिता थापा रिजाल, प्रेम पारख, सन्तोष दाहाल, कमल अग्रवाल र मो. अमजल हुसैन चुनिएका छन् ।



















