विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १७, बिहीबार ०६:०२

नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०६ पैसा तथा युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ २९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ९९ पैसा छ । युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ६० पैसा र बिक्रीदर २०५ रुपैयाँ ४१ पैसा एवं स्वीस फ्रयाङ्क एकको खरिददर १९१ रुपैयाँ ९२ पैसा र बिक्रीदर १९२ रुपैयाँ ६८ पैसा कायम गरिएको छ ।

Advertisement

अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ४१ पैसा र बिक्रीदर १०८ रुपैयाँ ८४ पैसा तथा क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ ७२ पैसा र बिक्रीदर १११ रुपैयाँ १५ पैसा तोकिएको छ । सिंगापुर डलर एकको खरिददर ११८ रुपैयाँ ५६ पैसा र बिक्रीदर ११९ रुपैयाँ ०३ पैसा एवं जापानी येन १० को खरिददर ९ रुपैयाँ ४८ पैसा र बिक्रीदर ९ रुपैयाँ ५१ पैसा निर्धारण गरिएको छ ।

चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ १७ पैसा र बिक्रीदर २२ रुपैयाँ २५ पैसा तथा साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ३८ पैसा र बिक्रीदर ४० रुपैयाँ ५४ पैसा तय गरिएको छ । कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ५५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७१ पैसा एवं थाइ भाट एकको खरिददर ४ रुपैयाँ ६४ पैसा र बिक्रीदर ४ रुपैयाँ ६५ पैसा कायम गरिएको छ ।

युएई दिराम एकको खरिददर ४१ रुपैयाँ १० पैसा र बिक्रीदर ४१ रुपैयाँ २६ पैसा तथा मलेसियन रिङ्गेट एकको खरिददर ३८ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४७ पैसा तोकिएको छ । दक्षिण कोरियन वन १०० को खरिददर १० रुपैयाँ २४ पैसा र बिक्रीदर १० रुपैयाँ २८ पैसा एवं स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ३५ पैसा र बिक्रीदर १६ रुपैयाँ ४१ पैसा निर्धारण गरिएको छ ।

डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ७२ पैसा र बिक्रीदर २३ रुपैयाँ ८२ पैसा तथा हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ३३ पैसा र बिक्रीदर १९ रुपैयाँ ४० पैसा तय गरिएको छ । कुवेती दिनार एकको खरिददर ४९४ रुपैयाँ ०८ पैसा र बिक्रीदर ४९६ रुपैयाँ ०४ पैसा एवं बहराइन दिनार एकको खरिददर ४०१ रुपैयाँ ३८ पैसा र बिक्रीदर ४०२ रुपैयाँ ९७ पैसा कायम गरिएको छ ।

ओमनी रियाल एकको खरिददर ३९३ रुपैयाँ ३० पैसा र बिक्रीदर ३९४ रुपैयाँ ९६ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

निर्धारित विनिमयदर आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन हुन सक्ने छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने उल्लेख गरिएको छ ।

यस्तो छ विनिमयदर

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.