मन्त्री र सांसदसँग स्पष्टीकरण माग

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १७, बिहीबार ०६:२६

काठमाडौं । नेपाली कांग्रेसले पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा तीन जना प्रदेश मन्त्रीसहित सात प्रदेश सांसदसँग स्पष्टीकरण माग गरेको छ ।

पार्टीको केन्द्रीय अनुशासन समितिको बैठकले प्रतिनिधिसभा निर्वाचनका क्रममा आधिकारिक उम्मेदवारविरुद्ध अन्तर्घात भएको निष्कर्ष निकाल्दै सम्बन्धित नेताहरूसँग जवाफ माग गर्ने निर्णय गरेको हो । स्पष्टीकरण माग गरिएका मन्त्रीहरूमा लुम्बिनी प्रदेशका वनमन्त्री देवकरणप्रसाद कलवार, कोशी प्रदेशका भौतिक पूर्वाधार मन्त्री प्रदीप सुनुवार तथा लुम्बिनी प्रदेशका यातायात तथा पर्यटन मन्त्री प्रचण्डविक्रम न्यौपाने रहेका छन् ।

Advertisement

उनीहरू पार्टीभित्रै प्रभावशाली नेताका रूपमा चिनिन्छन् । यस्तै, अन्य स्पष्टीकरण सोधिएका सांसदहरूमा लुम्बिनी प्रदेशका राजु खनाल तथा मधेश प्रदेशका जंगीलाल राय, सकुन्तीदेवी महरा र कौशलकिशोर राय छन् । पार्टीका अनुसार उनीहरू सबैलाई पाँच दिनभित्र चित्तबुझ्दो स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ ।

पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपमा अनुशासन समितिले कडाइका साथ छानबिन अघि बढाएको छ । कांग्रेसले आगामी दिनमा पनि अनुशासन उल्लंघन गर्नेहरूमाथि आवश्यक कारबाही गरिने जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.