प्रधानमन्त्रीका सल्लाहकार भन्छन् : नागरिककाे हितका लागि अध्यादेश

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १७, बिहीबार ०९:१२

काठमाडौं । सरकारले ल्याएका अध्यादेश व्यक्ति र स्वार्थ समूहका लागि नभई नागरिकको हितको लागि भएको प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असीम साहले बताएका छन् ।

सरकारले अध्यादेश ल्याएपछि आलोचना भइरहेका बेला सामाजिक सञ्जाल मार्फत उनले राज्य संयन्त्रको प्रभावकारिताका लागि अध्यादेश ल्याइएको बताएका हुन् ।

Advertisement

‘कानुनी जटिलताका कारण जनसरोकारका काम रोकिनु हुँदैन भन्ने लोकतान्त्रिक मान्यतालाई आत्मसात गर्दै यसले देशको समृद्धिको यात्रालाई थप गति दिने बलियो आधार खडा गरेको छ ।’ उनले भनेका छन् ।

सरकारले सार्वजनिक सेवा प्रवाह र प्रशासनिक प्रणालीमा रहेका नीतिगत जटिलताहरू हटाउन महत्वपूर्ण कदम चालेको बताउँदै सोही अनुसार वैशाख १४ गतेको मन्त्रिपरिषद् बैठकको अध्यादेश प्रमाणीकरणका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई पठाएको उनकाे भनाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.