बजारमा सुनको मूल्यमा वृद्धि

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १८, शुक्रबार १०:५३

विराटनगर । नेपाली बजारमा सुनचाँदीको मूल्यमा शुक्रबार उच्च वृद्धि भएको छ । सुन र चाँदी दुवैको भाउ बढेको हो ।

शुक्रबार सुनको मूल्य प्रतितोला तीन हजार ४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार प्रतितोला दुई लाख ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार बढेर दुई लाख ९६ हजार १ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

यसैगरी, बिहीबार प्रतितोला चार हजार ८ सय १० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १ सय ३५ रुपैयाँले बढेर चार हजार ९ सय ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.