रास्वपा उम्मेदवार बन्न ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’ उत्तीर्ण हुनुपर्ने

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २०, आइतबार १५:२३

काठमाडौं । आगामी स्थानीय तहको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बन्न अब पार्टीले तोकेको आन्तरिक परीक्षा र प्रशिक्षण अनिवार्य उत्तीर्ण गर्नुपर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको सचिवालय बैठकले उम्मेदवार छनोटका लागि नयाँ र कडा मापदण्ड तय गरेको हो ।

पार्टी प्रवक्ता मनिष झाका अनुसार उम्मेदवार हुन चाहने पार्टी सदस्यले अब अनिवार्य रूपमा ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’ उत्तीर्ण गर्नुपर्नेछ । नेतृत्वको योग्यता र क्षमतालाई प्राथमिकता दिने उद्देश्यले यो विधि अपनाइएको प्रवक्ता झाले जानकारी दिए ।

बैठकले आगामी निर्वाचन र नेतृत्व चयनका लागि विभिन्न कार्यविधिहरूमाथि पनि घनिभूत छलफल गरेको छ। विशेषगरी ‘स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३’ र ‘महाधिवेशन कार्यविधि २०८३’ का सम्बन्धमा कार्यसूची नै बनाएर छलफल अघि बढाइएको छ ।

यसका साथै, रास्वपाले आफ्नो संसदीय दलको विधान संशोधन र अन्य समसामयिक सांगठनिक एजेन्डाहरूमाथि पनि समीक्षा गरिरहेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.