
विराटनगर । नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । बजार खुलेको दोस्रो दिन सोमबार अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले कमी आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार दुई लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार तीन सयमा घट्दै दुई लाख ९४ हजार ८ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यस्तै, आइतबार पाँच हजार १० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार आज प्रतितोला २० रुपैयाँले बढेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला पाँच हजार ३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।



















