देशभरका सुकुम्वासीलाई आन्दोलनमा उत्रन हर्क साम्पाङको आह्वान

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २१, सोमबार १७:०३

विराटनगर । प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ (हर्कराज राई)ले देशभरका सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरूलाई आन्दोलनमा उत्रन सार्वजनिक आह्वान गरेका छन् ।

सरकारले सार्वजनिक जग्गा अतिक्रमण हटाउने नाममा विभिन्न स्थानमा ‘डोजर अभियान’ तीव्र बनाएको भन्दै उनले त्यसको विरोध गरेका हुन् । साम्पाङले सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्तिमा सरकारले गरिब र कमजोर वर्गमाथि अन्याय गरिरहेको आरोप लगाउँदै ‘चुप लागेर बस्दा उठिबास लाग्ने खतरा बढेको’ बताएका छन् ।

साम्पाङले फेसबुकमा लेखेका छन्, ‘देश भरका सुकुम्वासी, अव्यवस्थित बसोबासीहरुले आन्दोलन गर्नु होला । नत्र यो चुपचाप डोजरे सरकारले उठिबास लाउनेछ । जनतासँग डर मानोस् न अलि । बेलगाम घोडा बन्न खोज्नेको दोहोला काड्नु पर्छ ।’ उनले सरकारलाई जनताप्रति उत्तरदायी हुन चेतावनी दिँदै राज्यले एकपक्षीय रूपमा बल प्रयोग गरेर समस्या समाधान गर्न खोज्नु गलत भएको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले भने सार्वजनिक सम्पत्ति संरक्षण राज्यको दायित्व भएको दाबी गर्दै अतिक्रमण हटाउने कार्यलाई निरन्तरता दिएको छ । देशका विभिन्न ठाउँमा ऐलानी एवं सार्वजनिक जग्गामा बनेका संरचना हटाउने क्रममा स्थानीय स्तरमा तनावसमेत देखिएको छ । दशकौँदेखि समाधान खोजिँदै आएको यो समस्या अझै जटिल बन्दै गएको छ । हालसम्म वास्तविक भूमिहीनले स्थायी समाधान पाउन सकेका छैनन् ।

विशेष गरी बस्ती हटाउनलाई डोजर चलाउँदा नागरिकको आवास, शिक्षा र जीविकोपार्जनमा गम्भीर असर परेको छ । कानुनी रूपमा राज्यलाई अतिक्रमण हटाउने अधिकार भए पनि मानवीय दृष्टिकोण अपरिहार्य भएको विज्ञहरू बताउँछन् । सर्वोच्च अदालतले समेत वैकल्पिक व्यवस्था बिना विस्थापन नगर्न निर्देशन दिँदै आएको सन्दर्भमा सरकारको हालको शैलीमाथि प्रश्न उठेको छ ।

सरकारले सुकुम्वासीलाई वैकल्पिक व्यवस्था नगरिकन जथाभावी डोजर चलाएर बस्ती उजाड बनाइरहेको छ । सरकारको कदमले सुकुम्वासी, भूमिहीन र अव्यवस्थित बसोबासीहरु सबैभन्दा बढी मर्कामा परेका छन् ।

सुकुम्वासी समस्या दीर्घकालीन नीतिगत कमजोरी, भूमिसम्बन्धी व्यवस्थापनको असफलता र राजनीतिक हस्तक्षेपको परिणाम भएको सरोकारवाला बताउँछन् । समाधानका नाममा तत्काल बल प्रयोगभन्दा पनि स्पष्ट नीति, पारदर्शी प्रक्रिया र पुनर्स्थापनाको योजना आवश्यक रहेको उनीहरूको भनाइ छ ।

तपाइको प्रतिक्रिया
पश्चिम बंगालमा राजनीतिक उलटफेर : ममताको १५ वर्षे शासन संकटमा, भाजपालाई बहुमत
नेपाल हब क्रिकेटको उद्घाटन खेलमा विराटनगर र सिराहा विजयी  
नेपाल हब क्रिकेटको उद्घाटन खेलमा विराटनगर र सिराहा विजयी  
सीमा विवादको असर : भारतीय विदेश सचिवको नेपाल भ्रमण अन्योलमा
मोरङका सुकुम्वासी आन्दोलित, बालेन सरकारप्रति आक्रोशित
उच्च अदालत विराटनगरको जग्गा अतिक्रमण, ४३ घर खाली गराउन ताकेता
देशभरका सुकुम्वासीलाई आन्दोलनमा उत्रन हर्क साम्पाङको आह्वान
‘डोजर आतंक’ मच्चाएर सुकुम्वासीको बिचल्ली नबनाउ
मोरङमा मुखबाट रगत बगिरहेको अवस्थामा पुरुष मृत फेला
मोरङको सुनवर्षीमा करेन्ट लागेर महिलाको मृत्यु
मोरङमा किशोरीलाई बलात्कार गरेको आरोपमा युवक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.