महिला प्रहरीलाई अभद्र व्यवहार गर्ने पाँच जना पक्राउ 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २२, मंगलबार ०९:३२

काठमाडौं । ड्युटीमा रहेका महिला प्रहरीलाई गालीगलौज र अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले कपिलवस्तुको चन्द्रौटाबाट पाँच जनालाई पक्राउ गरेको छ ।

गत वैशाख १९ गते राति शिवराज नगरपालिका– ५ स्थित चन्द्रौटा–कृष्णनगर सडक खण्डमा शंकास्पद रूपमा हिँडडुल गरेका उनीहरूलाई सोधपुछ गर्दा प्रहरीमाथि नै जाइलागेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Advertisement

प्रहरी टोलीले उनीहरूलाई होटल प्याराडाइज अगाडि शंकास्पद रूपमा हिँडडुल गरेको फेला परेपछि सोधपुछका क्रममा अभद्र व्यवहार प्रस्तुत गरेका थिए । काठमाडौंको तारकेश्वर नगरपालिका २६ वर्षीया अन्जना तामाङ, प्युठान नगरपालिकाकी २० वर्षीया वर्षा सुनार, कपिलवस्तु विजयनगरका २२ वर्षीय मनोज गुप्ता, शिवराज नगरपालिकाका २७ वर्षीय दीपेन्द्रकुमार चौधरी र भारतको सिद्धार्थनगर जिल्लाका २८ वर्षीय रन्जित चौधरीलाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

उनीहरूले रातिको समयमा ड्युटीमा रहेका महिला प्रहरी कर्मचारीहरूलाई लक्षित गरी अश्लील शब्द प्रयोग गरेको र गालीगलौज गर्दै प्रहरीको काममा बाधा पुर्‍याएको प्रहरीको दाबी छ।

नियन्त्रणमा लिइएका पाँचै जनामाथि अभद्र व्यवहार मुद्दामा अनुसन्धान अगाडि बढाइएको छ। उनीहरूलाई जिल्ला प्रशासन कार्यालय कपिलवस्तुबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.