
विराटनगर । नेपाली बजारमा सुनचाँदीको मूल्यमा घटेको छ । बजारमा मंगलबार (आज) अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला तीन हजार आठ सय रुपैयाँले कमी आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुन सोमबार प्रतितोला दुई लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । आज सुनमा प्रतितोला तीन हजार आठ सय रुपैयाँ घट्दै दुई लाख ९१ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यस्तै, मंगलबार चाँदी प्रतितोला १५० रुपैयाँले घटेको छ । सोमबार चाँदी प्रतितोला पाँच हजार ३० रुपैयाँमा कारोबार भएको थियो भने आज चाँदी प्रतितोला १५० रुपैयाँले घटेर चार हजार आठ सय ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।



















