
काठमाडौं । मधेस प्रदेश सरकारबाट जनमत पार्टीले बाहिरिने निर्णय गरेको छ। पार्टीको संसदीय दलको वैशाख ११ गतेको बैठकमा बहुमतले जनमत पार्टी सरकारबाट बाहिरिने निर्णय अनुसार सरकारबाट बाहिरिएको हो ।
अध्यक्ष सिके राउतको सचिवालयका अनुसार मधेस सरकार पार्टी र जनताको भावना अनुसार काम गर्न नसकेको भन्दै सरकारबाट बाहिरिएको छ ।

विगत ५ महिनादेखि मधेस सरकारलाई पटक पटक सुझाव र सुधार गर्न अनुरोध गर्दै आए पनि कुनै सुनुवाइ नभएको बताइएको छ ।
मधेस सरकारबाट जनमत पार्टीको ‘भिजन’ र जनताको हित अनुसार कुनै काम हुन नसकेको कुरा जनता समक्ष अवगत नै छ । हामीले विगत ५ महिनादेखि मधेस सरकारलाई पटक पटक सुझाव दिँदै आएका छौँ र सुधार गर्न अनुरोध गर्दै आएका छौँ, तर सोको कुनै सुनुवाइ नभएपछि बाहिरिनु परेको जनाएको छ ।

यसरी जनताको हितमा कुनै काम नै नभई रहँदा र गलत कार्यहरू भइरहँदा जनमत पार्टीले सरकारबाट बाहिरिनु नै उचित ठानेको तर्क छ ।

























