विश्वविद्यालयका पदाधिकारी खुला प्रतिस्पर्धाबाट छनोट गर्ने तयारी

Share this
715shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २२, मंगलबार १८:४४
शिक्षामन्त्री

काठमाडौं । सरकारले विश्वविद्यालयका पदाधिकारीहरू खुला प्रतिस्पर्धाबाट छनोट गर्ने प्रक्रिया अघि बढाएको छ । पदाधिकारीहरू पदमुक्त भएपछि रिक्त रहेका विश्वविद्यालयहरूमा नियुक्ति गर्न सिफारिस समिति गठनको तयारी गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री एवं कुलपति बालेन्द्र शाह (बालेन)को निर्देशनमा शिक्षा मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा तीन सदस्यीय सिफारिस समिति गठन गर्ने प्रक्रिया अघि बढाइएको छ । समितिमा राष्ट्रिय योजना आयोगको शिक्षा हेर्ने सदस्य र मन्त्रालयका सचिव सदस्य रहने व्यवस्था गरिएको छ ।

Advertisement

मन्त्रालयका अधिकारीका अनुसार लामो समयदेखि विश्वविद्यालय पदाधिकारीविहीन हुँदा शैक्षिक तथा प्रशासनिक कार्य प्रभावित भएको भन्दै तत्काल नियुक्ति प्रक्रिया अघि बढाउन लागिएको हो । समिति गठन सम्बन्धी पत्र बुधबारसम्म तयार हुने बताइएको छ ।

समितिले खुला आह्वानमार्फत योग्य उम्मेदवारहरूबाट आवेदन लिई उपकुलपति तथा अन्य पदाधिकारी छनोट गर्नेछ । प्रतिस्पर्धात्मक मूल्यांकनका आधारमा छनोट प्रक्रिया अघि बढाइने सरकारको योजना छ ।

त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयसहित विभिन्न संस्थामा पदाधिकारी नियुक्त गर्नुपर्ने अवस्था छ । सम्बन्धित विश्वविद्यालयका ऐनअनुसार सिफारिस समिति गठन गरी पारदर्शी र प्रतिस्पर्धात्मक प्रणालीमार्फत नियुक्ति गर्ने तयारी गरिएको मन्त्रालयले स्पष्ट पारेको छ ।

सरकारले लामो समयदेखि रोकिएको विश्वविद्यालय नेतृत्व चयन प्रक्रियालाई पारदर्शी र प्रतिस्पर्धात्मक बनाउने उद्देश्य राखेको छ । यसले उच्च शिक्षामा सुधार, प्रशासनिक स्थायित्व र शैक्षिक गुणस्तर वृद्धि हुने अपेक्षा गरिएको छ । साथै, योग्य उम्मेदवारहरूलाई खुला प्रतिस्पर्धामार्फत अवसर उपलब्ध हुने भएकाले प्रणालीगत सुधारको सुरुवात हुने सरकारको विश्वास छ ।

नियुक्ति प्रक्रिया छिट्टै सुरु हुने र समिति गठनपछि आवेदन आह्वान सार्वजनिक गरिने मन्त्रालयले जनाएको छ । यस प्रक्रियालाई शिक्षा क्षेत्रमा महत्वपूर्ण सुधारको कदमका रूपमा हेरिएको छ ।

तपाइको प्रतिक्रिया
मोरङ–६ कांग्रेस अधिवेशन स्थलमा झडप, मनोनयन प्रक्रिया प्रभावित
मोरङ कांग्रेसद्वारा क्षेत्रीय अधिवेशनमा भएको झडपको भर्त्सना, निष्पक्ष छानबिनको माग 
विकास निर्माणका समस्या समाधान गर्न कानुन संशोधनको तयारी
प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १६ अर्ब १५ करोड
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
पदकधारी कराँते खेलाडी स्वदेश फिर्ता
क्षतिग्रस्त जलविद्युत् आयोजना पुनःनिर्माणमा ३ खर्ब ९० अर्बसम्म लाग्ने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×