कुलमान घिसिङ समक्ष हर्क साम्पाङको एकता प्रस्ताव

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २२, मंगलबार २०:००

काठमाडौंं । श्रम संस्कृति पार्टी अध्यक्ष हर्क साम्पाङले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङसमक्ष पार्टी एकताको प्रस्ताव गरेका छन् । काठमाडौंमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै घिसिङले साम्पाङबाट पार्टी एकताको प्रस्ताव आएको बताएका हुन् ।

‘हामी स्थानीय तहमा धेरै ठाउँमा हामी जित्छौँ, जित्ने गरेर अगाडि बढ्ने तयारी हुँदै छ,’ उनले भने,‘एकता पनि हुन सक्छ, कार्यगत एकता पनि हुन सक्छ, एक्लै पनि जान सकिन्छ त्यो परिस्थिति हेरेर तय हुन्छ।’

Advertisement

श्रम संस्कृति पार्टीसँग समयअनुसार छलफल भइरहेको भन्दै वार्ता नरोकिएको बताए।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.