
विराटनगर । नेपाली बजारमा आज (बुधबार) एकै दिन सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलाको ५ हजार ८ सय रूपैयाँले बढेको छ । भाउ बढेसँगै सुन प्रतितोला २ लाख ९६ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य मंगलबार तोलाको दुई लाख ९१ रूपैयाँ मात्रै थियो ।
त्यस्तै, चाँदीको मूल्य तोलाको १ सय ७५ रूपैयाँले बढेको छ । भाउ बढेसँगै चाँदी प्रतितोला ५ हजार ५५ रूपैयाँमा किनबेच भइरहेको छ । चाँदीको मूल्य मंगलबार ४ हजार ८ सय ८० रूपैयाँ थियो ।

























