अन्जन श्रेष्ठ महासंघ अध्यक्ष, नयाँ कार्यसमिति चयन

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २३, बुधबार १५:२९

काठमाडौं । अन्जन श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को अध्यक्ष बनेका छन् । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था अनुसार श्रेष्ठले औपचारिक रूपमा अध्यक्ष पद सम्हालेका हुन् ।

महासंघको ६०औँ वार्षिक साधारणसभा तथा निर्वाचनपछि सम्पन्न मतगणनाबाट विभिन्न समूहतर्फका उपाध्यक्षसहित नयाँ कार्यसमिति चयन गरिएको हो । जिल्ला तथा नगरतर्फका उपाध्यक्षमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ निर्वाचित भएका छन् । शर्माले ८७ मत र श्रेष्ठले ८० मत प्राप्त गरे ।

Advertisement

त्यसैगरी, वस्तुगत संघतर्फको उपाध्यक्षमा नरेशलाल श्रेष्ठ निर्वाचित भए । उनले ६३ मत ल्याउँदै शिवप्रसाद घिमिरेलाई पराजित गरे । घिमिरेले ६० मत प्राप्त गरेका थिए । एसोसिएटतर्फको उपाध्यक्ष पदमा लोमस फर्मास्युटिकल्सका प्रबलजंग पाण्डे विजयी भएका छन् । उनले ज्योत्सना श्रेष्ठलाई पराजित गर्दै उक्त पद सुरक्षित गरेका हुन् ।

नयाँ कार्यसमितिसँगै निजी क्षेत्रको प्रतिनिधित्व गर्ने संस्थाका रूपमा रहेको नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक गतिविधि विस्तार, उद्योग–व्यापारमैत्री वातावरण निर्माण र नीतिगत संवादलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.