यस्तो छ विदेशी मुद्राको विनिमयदर

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २४, बिहीबार ०६:१०

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ६८ पैसा तथा युरोपिय युरो एकको खरिदर १७८ रुपैयाँ ५ पैसा र बिक्रीदर १७८ रुपैयाँ ७५ पैसा छ । पाउण्ड स्टर्लिङ एकको खरिददर २०६ रुपैयाँ ४ पैसा र बिक्रीदर २०६ रुपैयाँ ८६ पैसा एवं स्विस फ्रैन्क एकको खरिदर १९४ रुपैयाँ २० पैसा र बिक्रीदर १९४ रुपैयाँ ९७ पैसा तोकिएको छ ।

Advertisement

अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ७० पैसा र बिक्रीदर ११० रुपैयाँ १३ पैसा तथा क्यानाडियन डलर एकको खरिददर १११ रूपैयाँ ०९ पैसा तथा बिक्रीदर १११ रूपैयाँ ५३ पैसा छ ।

निर्धारित विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन हुन सक्ने छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने उल्लेख गरिएको छ ।

यस्तो छ अन्य देशको विनिमयदर

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.