विराटनगरमा ८ जना पत्रकार पुरस्कृत

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २४, बिहीबार १४:४९

विराटनगर । राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा कोशी प्रदेश सरकारले पत्रकारिताको क्षेत्रमा योगदान पुर्‍याएका आठ जना पत्रकारलाई बिहीबार सम्मान गर्दै पुरस्कार प्रदान गरेको छ ।

विराटनगरमा आयोजित विशेष समारोहमा कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विभिन्न माध्यमबाट समाजमा सकारात्मक प्रभाव पार्ने पत्रकारहरूको योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरेको हो । कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नगद १ लाख रुपैयाँसहित पुरस्कार प्रदान गरेका हुन् ।

पत्रकारितामार्फत सामाजिक सरोकारका विषयहरू उजागर गर्दै जनतासम्म सूचना पुर्‍याउने भूमिकामा उल्लेखनीय योगदान गरेका पत्रकारहरुलाई सम्मान गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले बताए । पत्रकारहरूलाई विभिन्न विधा र योगदानका आधारमा सम्मान गरिएको छ ।

सम्मानित हुने पत्रकारहरुमा गोपाल दाहाल, रेजिना गौतम, ठालुप्रसाद (विवेक) गौतम, सिद्धराज राई, मनोज श्रेष्ठ, शेखर रेग्मी, श्यामसुन्दर सुतियार र सन्तोष रुचाल रहेका छन् । उनीहरूलाई नगद पुरस्कारसहित प्रशंसा पत्र प्रदान गरिएको छ ।

कार्यक्रमका वक्ताहरुले पत्रकारिता लोकतन्त्रको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै सत्य, निष्पक्ष र जिम्मेवार पत्रकारिताले समाजलाई सही दिशातर्फ लैजान मद्दत गर्ने धारणा व्यक्त गरेका छन् । साथै, प्रदेश सरकारले आगामी दिनमा पनि पत्रकारहरूको क्षमता विकास र स्वतन्त्र पत्रकारितालाई प्रोत्साहन गर्ने प्रतिबद्धता जनाएको छ ।

राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा गरिएको सम्मान कार्यक्रमले कोशी प्रदेशमा कार्यरत पत्रकारहरूलाई थप जिम्मेवार र प्रेरित बनाएको छ । सम्माहन समारोहमा प्रदेश सरकारका मन्त्री, कर्मचारी, सञ्चारकर्मी तथा सरोकारवालाको उपस्थिति रहेको थियो ।

कोशी सरकारको पत्रकार पुरस्कार : राजनीतिक भागबन्डा र मन्त्रीको ‘लिस्ट’ले सधैं विवादित

तपाइको प्रतिक्रिया
झापाको विद्यालयमा एक महिनाभित्रमा दुई पटक चोरी
इटहरी अख्तियारमा पुगेर अनुसन्धानको फाइल देखाउन सांसदको दबाब
सुनचाँदीको मूल्य फेरी बढ्यो 
भारतीय सवारी चालकसँग अवैध रकम असुल्ने ३ जना पक्राउ
ब्राउन सुगरसहित दुई जना पक्राउ
खामेनीको हत्यालाई लिएर इरानको कडा चेतावनी, ‘जिम्मेवार पक्षसँग बदला लिएरै छाड्छौं’
फिफा विश्वकप २०२६ः बोस्नियालाई हराउँदै अमेरिका अन्तिम १६ मा प्रवेश
फिफा विश्वकप २०२६ः बोस्नियालाई हराउँदै अमेरिका अन्तिम १६ मा प्रवेश
साइकलसहित हिलोमा गाडिएको अवस्थामा पुरुष मृत फेला
बजेटकै कारण कोशी सरकार अप्ठ्यारोमा, संशोधनको बाटो खोज्दै सत्ता गठबन्धन
थमन विक हत्या प्रकरणको फैसला उल्टियो, एमालेका पूर्वसांसद लक्ष्मी कोइरीलाई ५ वर्ष कैद
पथरीशनिश्चरेबाट १९६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.