हत्या आरोपी तीन पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २४, बिहीबार १८:५७

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा २२ वर्षीय युवक विपिन घिमिरेको हत्या प्रकरणमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार पत्रकार सम्मेलन गर्दै घटनामा संलग्न रहेको आरोपमा महेन्द्र शाह, रवीन्द्र धामी र रोशन बिष्टलाई सार्वजनिक गरेको हो । प्रहरीका अनुसार बुधबार दिउँसो करिब साढे २ बजे कीर्तिपुर–१० पोडेटोलमा गुल्मीको धुर्कोट नगरपालिका–७ घर भई कीर्तिपुर ढल्पा बस्दै आएका विपिनमाथि धारिलो हतियार प्रहार गरिएको थियो ।

Advertisement

गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनालाई प्रहरी वृत्त कीर्तिपुरको टोलीले नियन्त्रणमा लिएको हो ।

उनीहरूमाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाइएको छ । काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.