किराँती अब हर्क साम्पाङको श्रम संस्कृति पार्टीमा वरिष्ठ नेता

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २५, शुक्रबार ०८:२३

विराटनगर । पूर्वमाओवादी नेता तथा पूर्वपर्यटनमन्त्री सुदन किराँती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा वरिष्ठ नेताको जिम्मेवारीमा रहने भएका छन् ।

पार्टी स्रोतका अनुसार किराँतीलाई वरिष्ठ नेतासहित संगठनात्मक संरचनामा एक उपाध्यक्ष, एक सचिव र १५ जना केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँट गर्ने सहमति भएको छ । यो सहमति बिहीबार राति ललितपुरमा किराती पक्ष र पार्टी नेतृत्वबीच भएको वार्ताबाट टुंगिएको हो ।

Advertisement

काठमाडौंको बागबजारस्थित हार्दिक होटलमा शुक्रबार अपराह्न ३ बजे आयोजना हुने कार्यक्रममार्फत दुई पक्षबीचको पार्टी एकताको औपचारिक घोषणा गरिने भएको छ । भोजपुरका किराँती माओवादी राजनीतिबाट उदाएका नेता हुन् । उनी प्रचण्ड नेतृत्वको सरकारमा पर्यटनमन्त्री समेत बनेका थिए ।

पछिल्लो समय माओवादीमा भएको राजनीतिक पुनर्संरचना र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गठन प्रक्रियापछि असन्तुष्ट बनेका उनी प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)मा आबद्ध भएका थिए । प्रलोपा जनार्दन शर्माको पहलमा गठन भएको थियो । जहाँ किराती पाँच सदस्यीय अध्यक्ष परिषदका सदस्य थिए ।

तर, फागुन २१ को निर्वाचनपछि उनले सो पार्टी पनि परित्याग गरे । अब उनी हर्क साम्पाङ नेतृत्वको नयाँ राजनीतिक संरचनामा औपचारिक रूपमा जोडिने भएका हुन् ।

तपाइको प्रतिक्रिया
‘कार्यक्षमताका आधारमा प्रधान न्यायाधीश सिफारिस’
विदेशस्थित १५ अवैतनिक दूत पदमुक्तदेखि संसद् सम्बोधनसम्म, मन्त्रिपरिषद्का यी हुन् ४ मुख्य निर्णय
प्रधान न्यायाधीश सिफारिसविरुद्ध सर्वोच्चमा रिट, न्यायालयभित्रै असन्तुष्टि
विराटनगरमा लामो संघर्षपछि आशा र जिज्ञासाले पाए आमाको नामबाट नागरिकता
हर्कको असन्तुष्टि, उपसभामुखमाथि पनि प्रश्न
होर्मुजमा फेरि हमला, अमेरिका–इरान तनाव चर्कियो
दुई जना पूर्वमन्त्रीलाई मृत्युदण्ड
सुन पसलमा छिरेर पेस्तोल देखाउने लुटेरा पक्राउ 
कम तौलको तेल बेच्ने उद्योग सञ्चालक पक्राउ
प्रधान न्यायाधीश सिफारिसको असर, सर्वोच्चमा पेसी रोकियो
सुनको मूल्य तीन लाखनजिक, चाँदीको पनि बढ्यो
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.