कोशीमा एचआईभी नियन्त्रण चुनौतीपूर्ण

Share this
757shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २५, शुक्रबार १८:२७

विराटनगर । कोशी प्रदेशमा एचआईभी संक्रमण नियन्त्रणका लागि परीक्षण, उपचार र जनचेतना कार्यक्रम विस्तार गरिए पनि जोखिम समूहमा संक्रमणको चुनौती अझै कायम रहेको सरोकारवालाहरुले बताएका छन् । उनीहरुका अनुसार प्रदेशमा एचआईभी नियन्त्रण चुनौतीपूर्ण बनिरहेको छ ।

स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय मोरङ र एचएफ नेपालको सहभागितामा विराटनगरमा शुक्रबार आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा एचआईभीको वर्तमान अवस्था, रोकथाम तथा उपचार सेवाका बारेमा विस्तृत छलफल गरिएको हो । कार्यक्रममा स्वास्थ्य कार्यालय मोरङका जनस्वास्थ्य प्रमुख योगराज घिमिरेले नेपालमा दैनिक औसत दुई जनामा एचआईभी सङ्क्रमण देखिने गरेको जानकारी दिँदै लागुऔषध प्रयोगकर्तामा संक्रमणको जोखिम अझ बढी रहेको बताए ।

उनका अनुसार सरकारले लिएको लक्ष्य ‘पन्चानब्बे–पन्चानब्बे–पन्चानब्बे’ अनुसार संक्रमित व्यक्तिको पहिचान, उपचार र भाइरल लोड नियन्त्रणमा ल्याउने अभियान अघि बढाइएको छ । कोशी प्रदेशमा संक्रमित खोजी तथा परीक्षण अभियानलाई अझ व्यापक बनाइएको पनि उनले बताए ।

कार्यक्रममा प्रस्तुत तथ्यांकअनुसार नेपालभर हाल चौँतीस हजार तीन सय सतहत्तर जना एचआईभी संक्रमित रहेका छन् । कोशी प्रदेशका एघारसहित देशभर बयानब्बेवटा सेवा केन्द्रमार्फत परीक्षण, उपचार र परामर्श सेवा सञ्चालन भइरहेको जानकारी दिइएको छ ।

सन् २००८ देखि एचआईभी संक्रमित समुदायसँग निरन्तर काम गर्दै आएको संस्थाले जनाएको छ । कोशी अस्पताल र भद्रपुर अस्पतालसहित देशका उन्नाइस अस्पतालमार्फत परीक्षण, उपचार, परामर्श तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको जनाइएको छ ।

कार्यक्रममा आमाबाट बच्चामा संक्रमण रोकथाम, एआरटी केन्द्र सुदृढीकरण, भाइरल लोड परीक्षण किटको नियमित आपूर्ति तथा अस्पतालबीच समन्वय अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याइएको थियो । सरोकारवालाले एचआईभी नियन्त्रणका लागि सरकारी संयन्त्र मात्रै पर्याप्त नहुने भन्दै समुदायस्तरमा जनचेतना विस्तार, जोखिम समूहमा लक्षित कार्यक्रम र बहुपक्षीय सहकार्य अपरिहार्य रहेको धारणा राखेका छन् ।

तपाइको प्रतिक्रिया
पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा बिहान हुस्सु
यस्तो छ विदेशी मुद्राको विनिमय दर 
विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?
कांग्रेसको महामन्त्रीमा भिड्दै डा. सुनील शर्मा, यस्ता छन् एजेन्डा
कोशीका विभिन्न जिल्लाबाट फरार ८ जना  प्रतिवादी पक्राउ
प्रहरीमाथि आक्रमण गर्नेहरु पक्राउ
सुकुना क्याम्पसद्वारा १३८ विद्यार्थीलाई आठ लाख ६१ हजार छात्रवृत्ति
बीपीको पहिलो सार्वजनिक सम्बोधनस्थलमा हुँदै कांग्रेस महाधिवेशन उद्घाटन
काँकडभिट्टामा भारतीय चिट्ठाको जालो, घरबाटै बरामद भयो १ हजार ३ सय थान
मधेशमा दुई महिनामा विपद्का ४५९ घटना, ९२ जनाको मृत्यु
श्रम ऐन संशोधनसहित उद्योगमैत्री नीति बनाउन मोरङ उद्योग व्यापार संघको माग
श्रम ऐन संशोधनसहित उद्योगमैत्री नीति बनाउन मोरङ उद्योग व्यापार संघको माग
विराटनगरको हाजी आँखा अस्पताल : सञ्चालक गुप्तामाथि यस्तो आरोप
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×