सुनसरीबाट फरार प्रतिवादीहरु पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २६, शनिबार १३:०४
सुन पसलमा छिरेर पेस्तोल देखाउने लुटेरा पक्राउ 

सुनसरी । सुनसरीबाट प्रहरीले विभिन्न मुद्दाका फरार प्रतिवादीहरुलाई पक्राउ गरेको हो । चोरी, अभद्र व्यवहार, चेक अनादरसम्म मुद्दामा दोषी ठहर भएकाहरु शुक्रबार पक्राउ परेका हुन् ।

पक्राउ परेकामध्ये धरान उपमहानगरपालिका–१५ का तेजबहादुर श्रेष्ठ चोरी मुद्दामा दोषी ठहर भई फरार रहेका थिए । उनलाई ५ हजार रुपैयाँ जरिबाना र १८० दिन कैद सजाय तोकिएको थियो । त्यस्तै धरान–१५ कै मनोज विश्वकर्मा अभद्र व्यवहार मुद्दामा दोषी ठहर भई फरार थिए । उनलाई ४ हजार रुपैयाँ जरिबाना तोकिएको थियो ।

Advertisement

बराहक्षेत्र नगरपालिका–६ का ज्ञानेन्द्र विष्ट चोरी मुद्दामा ६ सय रुपैयाँ जरिबानासहित दोषी ठहर भएका थिए भने देवानगञ्ज गाउँपालिका–७ का सतिशचन्द्र यादवलाई बिगोबापत ७३० दिन कैद सजाय तोकिएको थियो । दुवै जना लामो समयदेखि फरार थिए ।

इटहरी उपमहानगरपालिका–१८ का सविनकुमार खतिवडा चेक अनादर मुद्दामा १ हजार रुपैयाँ जरिबानासहित दोषी ठहर भएका थिए । यस्तै धरान–१ की दिपका ऋषिदेव चोरी मुद्दामा ३ हजार रुपैयाँ जरिबानासहित फरार थिइन् । बराहक्षेत्र–१० का भरत पौडेल केही सार्वजनिक अपराध मुद्दामा ५ हजार रुपैयाँ जरिबानासहित दोषी ठहर भएका थिए ।

पक्राउ परेकाहरलाई अदालत र प्रशासन कार्यालयमा बुझाइएको सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले बताए । उनका अनुसार दोषी ठहर भएकाहरु कैद तथा जरिबाना भुक्तान नगरिकन लामो समयदेखि फरार रहेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.