रास्वपा सचिवालय बैठक आज बस्दै,अधिवेशन तालिकाबारे छलफल हुने

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २७, आइतबार ०९:२८

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषय र पार्टीको आन्तरिक सांगठनिक कामबारे छलफल गर्न बैठक बोलाएका हुन्।

पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा साँझ ६ बजे बस्ने बैठकमा पार्टीको आगामी भेला र अधिवेशनको विशेष तालिकाबारे छलफल हुने रास्वपाले जनाएको छ। त्यस्तै, विभिन्न आयोग तथा विभागहरूमा पदाधिकारी मनोनयन, केही जिल्ला समितिहरूको विघटन र अनुशासनात्मक कारबाहीका विषय पनि बैठकका मुख्य एजेन्डा रहेका छन्।

Advertisement

बैठकले केन्द्रीय समितिको आगामी बैठकको मिति तय गर्नुका साथै पार्टीको साङ्गठनिक सुदृढीकरणका लागि आवश्यक रणनीति बनाउने बताइएको छ। नयाँ राजनीतिक घटनाक्रम र पार्टीको भूमिकाबारे समेत सचिवालयमा समीक्षा हुनेछ।

तपाइको प्रतिक्रिया
क्यानकाे विवाद पेचिलाे, साधारणसभामा अध्यक्ष र सदस्यसचिवबीच सवाल-जवाफ
चित्रकलाबाट जलवायु परिवर्तनको जोखिम र अपाङ्गता भएका व्यक्तिको समस्या उजागर
सरकारद्वारा जारी ८ अध्यादेश: राष्ट्रिय सभामा बहुमत नहुँदा पारित गर्न चुनौती
तरुण दलमा विधानअनुसार तदर्थ समिति गठन गर्न माग
मापसे गरेर गाडी चलाएका मेयरलाई जरिबाना तिराएर छाडियो
पाकिस्तानको खैबर पख्तुनख्वामा आतंकवादी आक्रमण, १५ प्रहरीको मृत्यु
कम्युनिस्ट एकताको आवश्यकता झन् बढेको छ : प्रचण्ड
ई-बिडिङ प्रकरण : २२ जनाविरुद्ध मुद्दा दर्ता
खारेजीमा परेका कर्मचारी संगठनद्वारा आईएलओमा उजुरी
राजनीतिमा इतिहास लेख्न आएको हुँ : रवि लामिछाने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.