जेठभित्र एकता प्रक्रिया सक्ने नेकपाको निर्णय, मंसिरमा महाधिवेशन

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २७, आइतबार ११:०८

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी जेठ मसान्तसम्म एकता प्रक्रियामा जोडिएका सबै घटकसँगको समायोजन टुङ्ग्याउने भएको छ। पार्टी एकता र संगठन व्यवस्थापनको काम सकिए लगत्तै संगठन सुदृढीकरण र शुद्धीकरण अभियान सञ्चालन गर्ने लक्ष्य नेकपाले लिएको छ।

पार्टी संयोजक प्रचण्ड र सहसंयोजक माधव कुमार नेपालले शनिबार हस्ताक्षर गरेको अन्तरपार्टी निर्देशन (अपानी)–३ मा आगामी मंसिर दोस्रो हप्ता एकता महाधिवेशन सम्पन्न गर्ने उल्लेख छ। ‘आजको परिस्थितिमा जनतासँग घनिष्ट रूपमा जोडिएको क्रान्तिकारी पार्टी निर्माणका लागि मंसिरमा महाधिवेशन गरिने छ,’ अपानीमा भनिएको छ।

Advertisement

नेकपाले वडादेखि केन्द्रसम्मका सबै समितिहरूलाई समावेशी बनाउने नीति लिएको छ। विशेषगरी सबै तहका समितिमा पाका, अनुभवी र युवाहरूको उचित सन्तुलन मिलाइने र युवाहरूको प्रतिनिधित्व ५० प्रतिशतसम्म पुर्याउन जोड दिइने जनाएको छ। नेता तथा कार्यकर्ताको कार्यशैली, जीवनशैली र आचरण सुधारका लागि समेत ठोस पहल अगाडि बढाइने बताइएको छ।

गत चैत १९ गतेदेखि सुरु भएको नेकपा संयोजन समितिको बैठक वैशाख १५ गते सम्पन्न भएको थियो। सोही बैठकका निर्णयहरू समेटेर अपानी तयार पारिएको हो। नेतृत्वले हस्ताक्षर गरिसकेको भए पनि यो परिपत्र पार्टीका तल्लो कमिटीहरूमा पुग्न भने बाँकी रहेको नेताहरूले बताएका छन्। नेकपाले सिङ्गो कम्युनिस्ट आन्दोलनलाई पुनः एकीकृत गर्दै बलियो शक्ति निर्माण गर्ने संकल्प समेत गरेको छ।

तपाइको प्रतिक्रिया
मुहर्रममा नक्कली हतियार देखाई त्रास फैलाउने एक युवक पक्राउ
नक्कली हतियार देखाई त्रास फैलाउने एक युवक पक्राउ
देशभर मनसुन सक्रिय, अधिकांश स्थानमा वर्षाको सम्भावना
आपराधिक पृष्ठभूमिका अभिषेक गिरी : कारागारभित्रको ‘साम्राज्य’देखि सम्पत्ति शुद्धीकरणसम्म
सडक अनुगमनमा गएका प्राविधिकमाथि कुटपिट 
सडक अनुगमनमा गएका प्राविधिकमाथि कुटपिट 
कोशीलाई पूर्णखोप सुनिश्चित प्रदेश घोषणा गर्ने अन्तिम तयारी
९ लाख रूपैयाँ बढीको अवैध सामान भन्सार बुझाइयो, २ लाख ७७ हजार बराबरको नष्ट
महान्यायाधिवक्ता कँडेलको योग्यता विवादमा सर्वोच्चको नयाँ आदेश
विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण : भट्ट र अग्रवालको फाइल मगाइयो
चिया व्यापार फेरि लयमा, भारततर्फ निर्यात सुरु
पीआर र डिभी लिने ४ कर्मचारी कारबाहीमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.