कम्युनिस्ट एकताको आवश्यकता झन् बढेको छ : प्रचण्ड

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २७, आइतबार १५:५९

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा कम्युनिस्टहरूको प्रभाव अझै पनि जनतामा उल्लेख्य रहेको बताएका छन् । २६ औँ निर्मल लामा स्मृति सभालाई सम्बोधन गर्दै उनले श्रमजीवी वर्ग र कम्युनिस्ट एकतालाई केन्द्रित गरेर नयाँ यात्रा सुरु गर्नुपर्नेमा जोड दिए ।

हिजोका उपलब्धि सुनाएर मात्र आजको आवश्यकता पूरा नहुने बताउँदै प्रचण्डले वैचारिक, राजनीतिक र सांगठनिक रूपमा नयाँ ढंगले अघि बढ्नुपर्ने बताए । कम्युनिस्ट आन्दोलनको ठूलो शक्तिलाई केन्द्रित गर्ने प्रयासलाई जनताले विगतमा उत्साहका साथ अनुमोदन गरेको र निर्वाचनमा झण्डै दुई तिहाइ बहुमत नजिक पुर्‍याएको उनले स्मरण गरे ।

Advertisement

जनता कम्युनिस्टहरूबीच एकता होस् भन्ने पक्षमा रहे पनि नेतृत्वको कमजोरीका कारण विगतका प्रयास दिगो र सफल हुन नसकेको उनको भनाइ थियो । ‘एकता र विभाजनका धेरै शृङ्खला पार गर्दै हामी यहाँसम्म आइपुगेका छौं, तर अहिले सच्चा कम्युनिस्टहरूबीचको एकताको आवश्यकता झनै बढेको छ,’ प्रचण्डले भने ।

देशमा वैदेशिक हस्तक्षेप बढेको र कम्युनिस्ट आन्दोलनलाई नै कमजोर पार्ने खेल भइरहेको भन्दै उनले चिन्ता व्यक्त गरे । जानेर वा नजानेर श्रमजीवी वर्गप्रति घात भएको स्वीकार गर्दै उनले पहिला आफ्नै समीक्षा गरेर कमजोरी सच्याउन जरुरी रहेको बताए । जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई रक्षा गर्न र अहिलेको परिस्थिति अनुसार फेरि एकताको आधार खोज्न ढिला गर्न नहुने उनले उल्लेख गरे ।

तपाइको प्रतिक्रिया
जीवन विकास लघुवित्तको वार्षिक पुरस्कार वितरण
जंगली च्याउ खाँदा झापाको बाह्रदशीमा एकै परिवारका ११ जना बिरामी
ग्रासरुट छात्रा क्रिकेट महोत्सव सम्पन्न
ग्रासरुट छात्रा क्रिकेट महोत्सव सम्पन्न
क्यानकाे विवाद पेचिलाे, साधारणसभामा अध्यक्ष र सदस्यसचिवबीच सवाल-जवाफ
चित्रकलाबाट जलवायु परिवर्तनको जोखिम र अपाङ्गता भएका व्यक्तिको समस्या उजागर
सरकारद्वारा जारी ८ अध्यादेश: राष्ट्रिय सभामा बहुमत नहुँदा पारित गर्न चुनौती
तरुण दलमा विधानअनुसार तदर्थ समिति गठन गर्न माग
मापसे गरेर गाडी चलाएका मेयरलाई जरिबाना तिराएर छाडियो
पाकिस्तानको खैबर पख्तुनख्वामा आतंकवादी आक्रमण, १५ प्रहरीको मृत्यु
कम्युनिस्ट एकताको आवश्यकता झन् बढेको छ : प्रचण्ड
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.