तरुण दलमा विधानअनुसार तदर्थ समिति गठन गर्न माग

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २७, आइतबार १६:०९

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलमा विधानअनुसार तदर्थ समिति गठन गर्नुपर्ने आवाज उठ्न थालेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाहरू विघटन गर्ने निर्णय गरेसँगै तरुण दलमा नयाँ नेतृत्व चयनको रस्साकस्सी सुरु भएको हो ।

तत्कालीन अध्यक्ष विद्वान गुरुङले राजीनामा दिएपछि विघटन भएको तरुण दलसहितका भ्रातृ संघहरूको महाधिवेशन गराउने जिम्मेवारी सभापति गगन थापालाई दिइएको छ । महिला संघमा तदर्थ समिति बनिसके पनि तरुण दलमा भने विधानको पालनालाई लिएर विवाद देखिएको छ । विधानविपरीत नेतृत्व चयन गरिए ‘समानान्तर समिति’ गठन गर्ने चेतावनी नेता तथा कार्यकर्ताहरूले दिएका छन् ।

Advertisement

तरुण दलको विधान (सातौँ संशोधन) को दफा ४३ उपदफा (२) अनुसार अध्यक्ष बन्न केन्द्रीय कार्यसमितिमा कम्तीमा एक कार्यकाल सदस्य भएको वा प्रदेश तथा जिल्ला अध्यक्षको रूपमा एक कार्यकाल नेतृत्व गरेको अनुभव अनिवार्य हुनुपर्छ ।

साथै, संगठनको पूर्ण सदस्य भएको १० वर्ष पूरा भएको हुनुपर्ने व्यवस्था छ । तर, पार्टी नेतृत्वले विधान मिचेर अध्यक्षमा मनिष कोइरालालाई ल्याउन खोजेको भन्दै युवा नेताहरूले विरोध गरेका छन् । कोइराला हालसम्म केन्द्रीय सदस्य समेत नभएकाले उनी योग्य नभएको असन्तुष्ट पक्षको जिकिर छ ।

यता महामन्त्री प्रदीप पौडेलले भने विशेष परिस्थितिमा पार्टीले आवश्यक निर्णय लिन सक्ने बताए । उनले भ्रातृ संगठनको प्रभावकारिताका लागि ११ देखि १३ सदस्यीय सानो समिति बनाउन सकिने संकेत गरे । तर, प्रभावशाली युवा संगठनमा विधि मिचिँदा पार्टीप्रतिको विश्वास र युवा पुस्ताको मनोबलमा असर पर्न सक्ने भन्दै कार्यकर्ताहरूले आक्रोश व्यक्त गरेका छन् ।

तपाइको प्रतिक्रिया
जीवन विकास लघुवित्तको वार्षिक पुरस्कार वितरण
जंगली च्याउ खाँदा झापाको बाह्रदशीमा एकै परिवारका ११ जना बिरामी
ग्रासरुट छात्रा क्रिकेट महोत्सव सम्पन्न
ग्रासरुट छात्रा क्रिकेट महोत्सव सम्पन्न
क्यानकाे विवाद पेचिलाे, साधारणसभामा अध्यक्ष र सदस्यसचिवबीच सवाल-जवाफ
चित्रकलाबाट जलवायु परिवर्तनको जोखिम र अपाङ्गता भएका व्यक्तिको समस्या उजागर
सरकारद्वारा जारी ८ अध्यादेश: राष्ट्रिय सभामा बहुमत नहुँदा पारित गर्न चुनौती
तरुण दलमा विधानअनुसार तदर्थ समिति गठन गर्न माग
मापसे गरेर गाडी चलाएका मेयरलाई जरिबाना तिराएर छाडियो
पाकिस्तानको खैबर पख्तुनख्वामा आतंकवादी आक्रमण, १५ प्रहरीको मृत्यु
कम्युनिस्ट एकताको आवश्यकता झन् बढेको छ : प्रचण्ड
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.