
विराटनगर । नेकपा (एमाले) संसदीय दलको उपनेतामा प्रतिनिधि सभा सदस्य पद्मा अर्याल मनोनीत भएकी छन्। अर्याल एमालेकी केन्द्रीय सचिव समेत हुन्।
एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले उपनेतामा अर्याललाई मनोनयन गरेको प्रमुख सचेतक ऐन महरले जानकारी दिए। यसअघि दलको प्रमुख सचेतकमा ऐन महर र सचेतकमा नीता घतानी मनोनीत भइसकेका छन्।
पार्टी संगठन र संसदीय गतिविधिमा अनुभवी मानिने अर्यालको मनोनयनसँगै एमालेले संसदमा आफ्नो भूमिकालाई थप प्रभावकारी बनाउने अपेक्षा गरेको छ।

























