
विराटनगर । नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रियसभा संसदीय दलको नेताबाट आफूलाई हटाउने पार्टीको निर्णय मुर्खतापूर्ण भएकाे बताएका छन् । मंगलबार विराटनगरमा इतर समूहको भेलापछि पत्रकारसँगकाे कुराकानीमा उनले यस्ताे बताएका हुन् ।
नेपाली कांग्रेसको इतर समूह नेता सिटौलालाई हटाएर संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कमला पन्तलाई राष्ट्रिय सभा दलको नेता बनाएका थिए ।
राष्ट्रिय सभा दलबाट तपाईंलाई हटाइएकोबारे के भन्नुहुन्छ ? भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘निर्णय गर्नेहरूको मुर्खतापूर्ण निर्णय हो, त्यति मात्रै भन्छु ।’



















