रास्वपाको बैठक बस्दै

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ३०, बुधबार ०७:३६

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज (बुधबार) काठमाडौंको वनस्थलीस्थित पार्टी कार्यालयमा बस्दैछ । बैठक बिहान ९ बजेबाट सुरु हुने पार्टीले जनाएको छ ।

नेताहरुका अनुसार बैठकमा आगामी केन्द्रीय महाधिवेशनको मिति निर्धारण, सरकार सञ्चालनमा पार्टीको भूमिका तथा संसद्को चालु बर्खे अधिवेशनका विषयमा विस्तृत छलफल हुनेछ । महाधिवेशनको तयारी, संगठनात्मक सुदृढीकरण र समसामयिक राजनीतिक अवस्थाबारे पनि बैठकमा समीक्षा गरिने बताइएको छ ।

Advertisement

बैठकमा केन्द्रीय समितिका सबै सदस्यहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ । पार्टी नेतृत्वले महाधिवेशनको मिति तय गर्ने विषयलाई प्राथमिकतामा राखेको छ भने सरकारमा सहभागिताको अनुभव र आगामी रणनीतिका बारेमा समेत छलफल हुने जनाइएको छ ।

तपाइको प्रतिक्रिया
सेयर बजार परिसूचक नेप्सेमा ४.१५ अंकको गिरावट, कारोबार रकममा भारी कमी
आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले दिए राजीनामा
सांसद पराजुलीको अभिव्यक्तिप्रति नेपाल बारको आपत्ति, सभामुखलाई पत्र
प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारी नियुक्त
चाउचाउको र्‍यापरमा तिरिएको अन्तःशुल्क कट्टी गर्न पाउने सर्वोच्चको फैसला
प्रधानमन्त्री नहुँदा पनि सदन चल्ने सभामुखको दाबी, सांसद बरालले देखाए खाली पाना
प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन रुलिङ गर्ने अधिकार आफूसँग छैन : सभामुख अर्याल
राष्ट्रिय सभामा सरकारको नीति तथा कार्यक्रम पेस, छलफल सुरु
विपक्षीको अवरोधपछि प्रतिनिधि सभा बैठक दोस्रो पटक स्थगित
थापाका शब्द हटाएको विषयमा एमालेद्वारा स्पष्टीकरण माग
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.