
काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन असार पहिलो साता हुने भएको छ ।
पार्टीको बुधबार बिहान बसेको केन्द्रीय समिति बैठकले महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा गर्ने निर्णय लिएको हो । रास्वपा नेता गणेश पराजुलीले बैठकबाट पार्टीको महाधिवेशन गर्ने निर्णय भएको जानकारी दिए ।
आगामी महाधिवेशन र विविध एजेण्डामा छलफल गर्न पार्टी कार्यालय बनस्थलीमा केन्द्रीय समिति बैठक आयोजना गरिएको थियो । यसअघि रास्वपाले चुनाव सकिएको ६ महिनाभित्र महाधिवेशन गर्ने सैद्धान्तिक निर्णय गरेको थियो ।
पार्टीको सैद्धान्तिक निर्णय अनुसार भदौभित्र महाधिवेशन गरिसक्नुपर्ने हुन्थ्यो । रास्वपा २०७९ सालमा गठन भएको थियो । त्यसयता पार्टीको महाधिवेशन हुन सकिरहेको छैन ।

























