प्रधानमन्त्री अनुपस्थित भएपछि संसदमा राजीनामाको माग, विपक्षीको तीव्र विरोध

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ३०, बुधबार १२:५९

काठमाडौं । प्रतिनिधिसभा बैंठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) अनुपस्थित भएपछि संसदभित्र चर्को विवाद उत्पन्न भएको छ ।

प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर विपक्षी दलका सांसदहरूले कडा आपत्ति जनाउँदै उनको राजीनामा माग गरेका छन् । बुधबारको बैठकमा प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममाथि छलफल अघि बढाउने प्रस्ताव गरेका थिए ।

Advertisement

तर, प्रधानमन्त्री स्वयं उपस्थित नभएको भन्दै विपक्षी सांसदहरूले उक्त प्रक्रिया अस्वीकार गर्दै सदनमै विरोध जनाए । विरोधको अगुवाइ गरेका श्रम संस्कृत पार्टीका अध्यक्षसमेत रहेका प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले प्रधानमन्त्रीको अनुपस्थितिलाई गम्भीर लापरबाहीको संज्ञा दिँदै तत्काल राजीनामा दिनुपर्ने माग गरेका थिए ।

उनीसँगै अन्य विपक्षी सांसदहरूले पनि प्रधानमन्त्रीको अनुपस्थितिले सरकारको जवाफदेहितामाथि प्रश्न उठेको बताएका थिए । विपक्षी सांसदहरूले प्रधानमन्त्री उपस्थित हुनुपर्ने संवैधानिक अभ्यास र परम्परालाई बेवास्ता गरिएको आरोप लगाउँदै संसदमा नाराबाजीसमेत गरेका छन् । उनीहरूले अर्थमन्त्रीमार्फत प्रस्तुत गरिएको छलफल प्रक्रियालाई अस्वीकार गर्दै प्रधानमन्त्रीको प्रत्यक्ष जवाफको माग गरेका हुन् ।

सभामुख डोलप्रसाद अर्याल (डीपी)ले बैठक सञ्चालन गर्न खोजे पनि विपक्षीको लगातारको अवरोधका कारण सदन केहीबेर अवरुद्ध बनेको थियो । यसैबीच, सत्ता पक्षका सांसदहरूले भने सरकारको तर्फबाट अर्थमन्त्रीमार्फत नीति तथा कार्यक्रममाथि छलफल अघि बढाउनु संसदीय अभ्यासभित्रै पर्ने तर्क गरेका छन् । उनीहरूले विपक्षीको विरोधलाई राजनीतिक प्रदर्शनको रूपमा व्याख्या गरेका छन् ।

संसदभित्रको यो घटनाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफललाई थप तनावपूर्ण बनाएको छ । विपक्षी र सत्तापक्षबीचको तिक्ततापूर्ण बहसका कारण सदनको वातावरण केही समय अस्थिर बनेको थियो ।

तपाइको प्रतिक्रिया
सेयर बजार परिसूचक नेप्सेमा ४.१५ अंकको गिरावट, कारोबार रकममा भारी कमी
आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले दिए राजीनामा
सांसद पराजुलीको अभिव्यक्तिप्रति नेपाल बारको आपत्ति, सभामुखलाई पत्र
प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारी नियुक्त
चाउचाउको र्‍यापरमा तिरिएको अन्तःशुल्क कट्टी गर्न पाउने सर्वोच्चको फैसला
प्रधानमन्त्री नहुँदा पनि सदन चल्ने सभामुखको दाबी, सांसद बरालले देखाए खाली पाना
प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन रुलिङ गर्ने अधिकार आफूसँग छैन : सभामुख अर्याल
राष्ट्रिय सभामा सरकारको नीति तथा कार्यक्रम पेस, छलफल सुरु
विपक्षीको अवरोधपछि प्रतिनिधि सभा बैठक दोस्रो पटक स्थगित
थापाका शब्द हटाएको विषयमा एमालेद्वारा स्पष्टीकरण माग
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.