हर्क साम्पाङसहित सांसदहरूद्वारा संसद् बहिष्कार

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ३०, बुधबार १३:०७

काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह संसद्मा अनुपस्थित भएपछि राजनीतिक तनाव चुलिएको छ ।

प्रधानमन्त्रीले नीति तथा कार्यक्रमको जवाफ दिनुपर्ने सत्रमा उनी नदेखिएपछि विपक्षी सांसदहरूले कडा आपत्ति जनाएका छन् । प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिन थालेपछि विपक्षी दलहरूले त्यसलाई अस्वीकार्य भन्दै संसद्मा अवरोध गरेका थिए ।

Advertisement

उनीहरूले प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्ने माग गर्दै तत्कालै विरोध जनाएका हुन् । यसैबीच, प्रतिनिधिसभा सदस्य एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ (हर्कराज राई)सहितका सांसदहरूले संसद् बैठक बहिष्कार गर्दै बाहिरिएका छन् । उनीहरूले प्रधानमन्त्रीको अनुपस्थितिलाई गैरजिम्मेवार कदम भन्दै कडा आलोचना गरेका छन् ।

विपक्षी सांसदहरूले प्रधानमन्त्रीको खोजी गर्दै संसद् परिसरमै नाराबाजीसमेत गरेका थिए । उनीहरूले प्रधानमन्त्रीको राजीनामासमेत माग गर्दै परिस्थितिलाई थप चर्काएका छन् ।

नीति तथा कार्यक्रममाथिको छलफल सुरु गर्ने कार्यसूची रहे पनि प्रधानमन्त्रीको अनुपस्थितिले बैठकको कार्यवाही प्रभावित भएको छ । राजनीतिक तनावका कारण संसद् परिसर केही समय असहज बनेको थियो ।

तपाइको प्रतिक्रिया
सेयर बजार परिसूचक नेप्सेमा ४.१५ अंकको गिरावट, कारोबार रकममा भारी कमी
आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले दिए राजीनामा
सांसद पराजुलीको अभिव्यक्तिप्रति नेपाल बारको आपत्ति, सभामुखलाई पत्र
प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारी नियुक्त
चाउचाउको र्‍यापरमा तिरिएको अन्तःशुल्क कट्टी गर्न पाउने सर्वोच्चको फैसला
प्रधानमन्त्री नहुँदा पनि सदन चल्ने सभामुखको दाबी, सांसद बरालले देखाए खाली पाना
प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन रुलिङ गर्ने अधिकार आफूसँग छैन : सभामुख अर्याल
राष्ट्रिय सभामा सरकारको नीति तथा कार्यक्रम पेस, छलफल सुरु
विपक्षीको अवरोधपछि प्रतिनिधि सभा बैठक दोस्रो पटक स्थगित
थापाका शब्द हटाएको विषयमा एमालेद्वारा स्पष्टीकरण माग
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.