मुख्यमन्त्री हिक्मतकुमार कार्कीको जनसम्पर्क सल्लाहकारबाट रवि खनाल अलग

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ३०, बुधबार १४:१८

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको जनसम्पर्क सल्लाहकारका रूपमा कार्यरत रवि खनालले जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत बुधबार उनले आफूलाई दिइएको जिम्मेवारी सफलतापूर्वक पूरा गर्दै जनसम्पर्क सल्लाहकारको भूमिकाबाट अलग भएको घोषणा गरेका हुन् । खनालले आफ्नो स्टाटसमा मुख्यमन्त्री कार्कीप्रति विश्वास गरेर महत्वपूर्ण जिम्मेवारी प्रदान गरेकोमा कृतज्ञता व्यक्त गरेका छन् ।

Advertisement

उनले आफ्नो कार्यकालका क्रममा सहयोग गर्ने राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दलका नेतृत्व, प्रदेश सभा सचिवालय, संवैधानिक तथा प्रदेश सरकारका पदाधिकारी, उद्योगी व्यवसायी, सञ्चारकर्मी तथा सामाजिक क्षेत्रका व्यक्तित्वहरूप्रति पनि आभार प्रकट गरेका छन् । त्यसैगरी, मुख्यमन्त्रीको निजी तथा स्वकीय सचिवालयका सदस्यहरूको सहयोगलाई पनि उनले स्मरण गरेका छन् ।

उनले आगामी दिनमा पनि सामाजिक तथा राजनीतिक क्षेत्रका गतिविधिमा निरन्तर जोडिरहने संकेत गरेका छन् । खनाल २०७४ सालदेखि नै मुख्यमन्त्री कार्कीको सचिवालयमा विभिन्न भूमिकामा रहेका थिए ।

नेकपा (एमाले)का केन्द्रीय सचिवसमेत रहेका कार्कीसँग लामो समयदेखि नजिक रहेर काम गर्दै आएका खनालले जनसम्पर्क सल्लाहकारको जिम्मेवारीबाट अप्रत्याशित रुपमा अलग हुने निर्णय गरेका हुन् । खनालले भने अब आफू राजनीतिक हिसाबले अघि बढ्ने तयारी रहेको बताए । ‘त्यस्तो कुनै समस्या भएर जिम्मेवारीबाट अलग भएको हैन । अब पार्टी राजनीतिलाई अघि बढाउने सोचमा छु,’ उनले भने ।

तपाइको प्रतिक्रिया
सेयर बजार परिसूचक नेप्सेमा ४.१५ अंकको गिरावट, कारोबार रकममा भारी कमी
आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले दिए राजीनामा
सांसद पराजुलीको अभिव्यक्तिप्रति नेपाल बारको आपत्ति, सभामुखलाई पत्र
प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारी नियुक्त
चाउचाउको र्‍यापरमा तिरिएको अन्तःशुल्क कट्टी गर्न पाउने सर्वोच्चको फैसला
प्रधानमन्त्री नहुँदा पनि सदन चल्ने सभामुखको दाबी, सांसद बरालले देखाए खाली पाना
प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन रुलिङ गर्ने अधिकार आफूसँग छैन : सभामुख अर्याल
राष्ट्रिय सभामा सरकारको नीति तथा कार्यक्रम पेस, छलफल सुरु
विपक्षीको अवरोधपछि प्रतिनिधि सभा बैठक दोस्रो पटक स्थगित
थापाका शब्द हटाएको विषयमा एमालेद्वारा स्पष्टीकरण माग
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.