मुक्कुम्लुङमा केबलकार निर्माण रोक्न माग गर्दै प्रदर्शन

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ३०, बुधबार १४:५६

काठमाडाैं । ताप्लेजुङको मुक्कुम्लुङ (पाथीभरा) क्षेत्रमा निर्माणाधीन केबलकार आयोजना खारेजीको माग गर्दै प्रदर्शन भएकाे छ । मुक्कुम्लुङ तान्सेप चुम्भो तथा मुक्कुम्लुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले केबलकार निर्माण राेक्न माग गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हाे ।

समितिले केबलकार निर्माणका नाममा गैरकानुनी रूपमा वन फडानी गरिएको, जग्गा किनबेचमा ठगी भएको, भ्रष्टाचार मौलाएको र झुटा तथा फर्जी कागजातका आधारमा ऐतिहासिक मुक्कुम्लुङ क्षेत्र अतिक्रमण गरिएको गम्भीर आरोप लगाएको छ ।

Advertisement

सरकारसँग पटक–पटक वार्ता र संवाद भइरहेको र सरकारले निर्माण कार्य रोक्न निर्देशन दिँदा समेत त्यसलाई बेवास्ता गर्दै काम सुचारु राखिएको भन्दै समितिले बाध्य भएर आन्दोलनमा उत्रनु परेको जनाएको छ ।

संघर्ष समितिले वैशाख अन्तिमदेखि जेठ मध्यसम्मका लागि आन्दोलन गर्ने बताएकाे छ । संघर्ष समितिले केबलकार निर्माणसँग सम्बन्धित सम्पूर्ण गतिविधि तत्काल बन्द गर्न माग गरेकाे छ ।

तपाइको प्रतिक्रिया
सेयर बजार परिसूचक नेप्सेमा ४.१५ अंकको गिरावट, कारोबार रकममा भारी कमी
आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले दिए राजीनामा
सांसद पराजुलीको अभिव्यक्तिप्रति नेपाल बारको आपत्ति, सभामुखलाई पत्र
प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारी नियुक्त
चाउचाउको र्‍यापरमा तिरिएको अन्तःशुल्क कट्टी गर्न पाउने सर्वोच्चको फैसला
प्रधानमन्त्री नहुँदा पनि सदन चल्ने सभामुखको दाबी, सांसद बरालले देखाए खाली पाना
प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन रुलिङ गर्ने अधिकार आफूसँग छैन : सभामुख अर्याल
राष्ट्रिय सभामा सरकारको नीति तथा कार्यक्रम पेस, छलफल सुरु
विपक्षीको अवरोधपछि प्रतिनिधि सभा बैठक दोस्रो पटक स्थगित
थापाका शब्द हटाएको विषयमा एमालेद्वारा स्पष्टीकरण माग
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.