
काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन शाहलाई उपस्थित हुनका लागि रुलिङ गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माग गरेकाे छ ।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले रुलिङका लागि सभामुख डीपी अर्याललाई उपस्थित हुनका लागि रुलिङ गर्न माग गरेका हुन् । सभामुख अर्यालले रुलिङभन्दा पनि संवाद गरेर अघि बढ्नुपर्ने बताए ।
सभामुखले आजको कार्यसूचीमा प्रधानमन्त्री उपस्थित हुन सम्भव नरहेको र रुलिङ नगर्ने संकेत गरेपछि कांग्रेसका सांसदहरूले उठेर सदन अवरोध गरेका छन् ।

























