
काठमाडौं । संसद बैठकमा विपक्षीहरूको लगातारको अवरोधपछि सभामुख डिपी अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहसँग संवाद गर्ने आश्वासन संसद्समक्ष दिएका छन् ।
प्रधानमन्त्री शाहको अनुपस्थितिका कारण संसद् बैठक लगातार अवरुद्ध भएपछि सभामुख अर्यालले संसद् चल्न दिन अनुरोध गर्दै प्रधानमन्त्री शाहसँग संवाद गर्ने आश्वासन दिएका हुन्।
यसअघि विपक्षीहरूको अवरोधका कारण अवरुद्ध भएको संसद् बैठक सत्ता पक्ष तथा विपक्षी सांसदहरूसँग अर्यालको छलफलपछि सुचारु भएको थियो।
यद्यपि संसद् बैठकमा नीति तथा कार्यक्रममाथि छलफल अझै सुरु भएको छैन।



















