कोशी प्रदेशको बजेट अधिवेशन आह्वान

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ३१, बिहीबार १५:४३

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशसभाको बजेट अधिवेशन आह्वान गरेको छ ।

बिहीबार बसेको प्रदेश मन्त्रीपरिषद् बैठकले जेठ ६ गते दिउँसो ३ बजेका लागि अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । लगतै प्रदेश प्रमुख पर्शुराम खापुङले अधिवेशन आह्वान गरेका हुन् ।

Advertisement

संघीय सरकारले संसद छलेर अध्यादेश ल्याउँदा विरोध गरेका प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार मन्त्रीपरिषद् बैठकबाट प्रदेश खेलकुद ऐन पहिलो संशोधन अध्यादेश २०८३ जारी गर्ने निर्णय गराएका थिए । प्रदेश प्रमुखले बुधबार अध्यादेश जारी गरेका थिए ।

बिहीबार बिहान बसेको मन्त्रीपरिषद् बैठकले अधिवेशन आह्वान गर्ने निर्णय गरेकाे प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणी पराजुलीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.