सरकारको नीति तथा कार्यक्रम पारित

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ३१, बिहीबार २२:२७

काठमाडौं । विपक्षी दलको विरोधकाबीच प्रतिनिधिसभा बैठकबाट सरकारको आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम पारित भएको छ । बिहीबारको बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो ।

नीति तथा कार्यक्रम पारित भएसँगै सरकारलाई बजेट ल्याउने बाटो खुलेको छ ।

Advertisement

राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा वैशाख २८ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रधानमन्त्रीका तर्फबाट बुधबार टेबल गरेको वार्षिक नीति तथा कार्यक्रममा बिहीबार छलफलपछि अर्थमन्त्रीले नै जवाफ दिएर पारित भएको हो ।

अर्थमन्त्रीले जवाफ दिने क्रममा प्रमुख प्रतिपक्षि दल कांग्रेसका सांसद उठेर विरोध गरेका थिए । नेकपा एमाले,नेकपा, श्रम संस्कृति र राप्रपाका सांसदले बैठक नै बहिस्कार गरेका थिए । विपक्षी दलहरूले नीति तथा कार्यक्रममाथिको छलफल र उठेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरे पनि प्रधानमन्त्री उपस्थित नै नभई कार्यक्रम पारित भएको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.