
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आज (मंगलबार) पनि श्रम संस्कृति पार्टीले विरोध जारी राखेको छ । पार्टीका सांसदहरूले बैठक सुरु हुनेबित्तिकै प्लेकार्ड प्रदर्शन गर्दै आफ्नो असन्तुष्टि जनाएका हुन् ।
पार्टी अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क साम्पाङ (हर्कराज राई)सहितका सांसदहरूले संसद् बैठकमा उठेर प्लेकार्ड देखाएका थिए । उनीहरूले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संसद्पति उत्तरदायी हुनुपर्ने माग दोहोर्याएका छन् ।
बैठकमा सांसदहरूको विरोधपछि सभामुखले उक्त विषयमा आफ्नो ध्यानाकर्षण भएको बताएका थिए । त्यसपछि श्रम संस्कृति पार्टीका सांसदहरू बसेका थिए र बैठकको कारबाही अघि बढाइएको थियो ।
श्रम संस्कृति पार्टीले सोमबार बसेको प्रतिनिधिसभा बैठकमा पनि प्लेकार्डसहित विरोध जनाएको थियो । प्रधानमन्त्री शाह संसद्प्रति जवाफदेही बन्नुपर्ने र जनताका मुद्दामा स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने माग राख्दै पार्टीले निरन्तर संसद् अवरोधको शैलीमा विरोध गर्दै आएको छ ।



















