रोङ गाउँपालिकाले आइतबार पनि सेवा प्रवाह गर्ने 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ५, मंगलबार १९:०६
रोङ गाउँपालिकाले आइतबार पनि सेवा प्रवाह गर्ने 

इलाम । संघीय सरकारले आइतबार बिदा दिने गरेको निर्णय इलामको रोङ गाउँपालिकाले अस्वीकार गर्ने भएको छ । रोङ गाउँपालिकाले आइतबार पनि सरकारी कार्यालय बन्द हुने संघीय सरकारको निर्णय अस्वीकार गर्ने भएको हो ।

सोमबार बसेको गाउँ कार्यपालिका बैठकले बुधबारदेखि लागू हुने गरी सामुदायिक विद्यालयबाहेक अन्य कार्यालयहरू पुरानै समय तालिकामा सञ्चालन हुने निर्णय गरेको हो।

Advertisement

गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बोले पहाडी जिल्लाको भौगोलिकता अनुसार सेवा प्रवाह गर्न नसकिने भन्दै आइतबार पनि बिदा दिएर सोमबारदेखि बिहान ९ बजेबाट कार्यालय सञ्चालन गर्नु अव्यवहारिक भएको बताए ।

उनले ९ बजे कार्यालय लाग्ने नियम लागू भए पनि त्यस्तो नियम लागू भएको मितिदेखि हालसम्म रोङ गाउँपालिकाको कुनै कार्यालयमा १० बजे अगाडि नै सेवाग्राही उपस्थित नभएको दाबी गरे ।

‘नेपाल विश्वकै धेरै सार्वजनिक बिदा दिने देशहरूमा चिनिन थालेको छ,’ उनले भने, ‘हामीले अब प्रविधिमैत्री सेवा प्रवाह गर्न ध्यान दिनुपर्छ, हाम्रो पालिकामा आइतबार बिदा दिने र सोमबार बिहान ९ बजेदेखि कार्यालय सञ्चालन गर्ने अभ्यास असफल भएकोले यो निर्णय अस्वीकार गरेका छौँ।’

उनले आगामी असार मसान्त पश्चात् भने निर्णयमा पुनर्विचार गर्न सकिने बताए। असार मसान्तसम्म गाउँपालिकामा सम्पन्न गर्नुपर्ने धेरै योजनाहरू रहेको र पहाडी जिल्लामा लगातारको बिदाले समय अभाव हुने अध्यक्ष स्याङ्बोले प्रस्ट्याए ।

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले पेट्रोलियम पदार्थको खपत घटाउने, सरकारी खर्च कम गर्न कर्मचारीलाई दुई दिन आराम दिने र अन्तर्राष्ट्रिय बिदाको अभ्यास अनुसार कार्यालय सञ्चालन गर्ने भन्दै सोमबारदेखि शुक्रबारसम्म बिहान ९ देखि बेलुका ५ बजेसम्म सरकारी कार्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति अभिलेखबाट हटाउन सांसदहरूको माग
घुस लिएको आरोपमा इलामको चुलाचुलीका इन्जिनियर र लेखा अधिकृतविरुद्ध मुद्दा दायर
डुबेर तीन बालबालिका बेपत्ता
महाधिवेशनसम्बन्धी गतिविधि रोक्न निर्वाचन आयोग र कांग्रेसलाई इतर समूहको पत्राचार
नेपाली कांग्रेस इतर पक्षको भेलामा कोइराला सहभागी हुने
निर्माण व्यवसायी महासंघको राष्ट्रिय सम्मेलन हुँदै
कोलम्बियामा गएको भूकम्पप्रति नेपाल सरकारद्वारा दुःख व्यक्त
चीनको लङ मार्च-७ए रकेट आकाशमै विस्फोट
बालबालिकासम्बन्धी ऐन संशोधन विधेयक संसदमा
कोशीमा विकास समस्या समाधान समितिको बैठक, संघसमक्ष मुख्य विषयहरू उठाइने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.