प्रतिपक्षी गतिविधिलाई अमर्यादित भनिएकोमा राईको आपत्ति

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ७, बिहीबार १४:१७

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद निश्कल राईले सभामुख डीपी अर्यालको भूमिकामाथि प्रश्न गरेका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रतिपक्षी दलले सरकारलाई जबाफदेही बनाउन खोजे पनि सभामुखको भूमिका निष्पक्ष नभएको आशयसहितको अभिव्यक्ति दिएका हुन् । ‘पछिल्लो केही बैठकदेखि प्रतिपक्षी दलले सरकारलाई जबाफदेही बनाउन खोजिरहेको छ । तर, यसमा सभामुखको साथ मिलेन’, उनले संसदमा भने ।

Advertisement

केही बैठकदेखि श्रम संस्कृति पार्टीले सरकार खोज्दै प्लेकार्ड देखाए पनि सभामुखले त्यसलाई अमर्यादित भनेको भन्दै उनले आपत्ति जनाए । विगतमा रास्वपाले निलो स्कार्फ बाँधेर आएको स्मरण गर्दै उनले सभामुखलाई प्रश्न गरे, ‘आफैँले गरेको त्यो कदम संसदीय र मर्यादित अनि अहिले प्रतिपक्षीको प्लेकार्ड कसरी अमर्यादित ?’ राईले विगतको र अहिलेको दुवै कार्य अमर्यादित भएको भन्दै सभाको मर्यादा सभामुखले राख्नुपर्ने बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.