प्रधानमन्त्रीका बारेमा रवि लामिछानेको अस्पष्ट प्रतिक्रिया

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ७, बिहीबार १९:३०

काठमाडौं । पूर्वउपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)का बारेमा अस्पष्ट प्रतिक्रिया दिएका छन् ।

उनले प्रधानमन्त्री संसद बैठकमा आउने बताए । तर, कहिलेको बैठकमा आउने भन्ने बारेमा स्पष्ट जानकारी दिन सकेनन् । बिहीबार संसद बैठकपछि सञ्चारकर्मीहरूले सोधेको प्रश्नमा उनले टालटुले शैलीमा प्रतिक्रिया दिँदै भने, ‘प्रधानमन्त्री आउनुहुन्छ, नआउने भन्ने कुरा नै छैन । आएपछि तपाईंहरूले थाहा पाइहाल्नुहुन्छ ।’

Advertisement

प्रधानमन्त्रीको अनुपस्थितिका कारण तपाईंलाई कुनै दबाब परेको हो ? भन्ने प्रश्नलाई भने लामिछानेले अस्वीकार गरे । लामिछानेले आफू दबाबमा नरहेको उल्लेख गर्दै प्रक्रिया र अभ्यास क्रमशः अघि बढ्दै जाने बताए ।

उनले सरकारको कामकाज जारी रहेको दाबी गर्दै मिडियाको ध्यान प्रतिपक्षतर्फ बढी केन्द्रित हुनुपर्ने धारणासमेत राखे । संसदमा प्रधानमन्त्रीको उपस्थिति कहिले हुने भन्ने विषय भने अझै अनिश्चित छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.