बाराका रास्वपाका सभापतिको सदस्यता खारेज 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ८, शुक्रबार ०९:०३
बाराका रास्वपाका सभापतिको सदस्यता खारेज 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्ला सभापति चन्दन स्वर्णकारको पार्टी सदस्यता खारेज भएको छ । केन्द्रीय संगठन विभागका सचिव शंकर श्रेष्ठले स्वर्णकारलाई पत्र पठाएर साधारण सदस्यता खारेज गरिएको जानकारी दिएका हुन् ।

अनुशासन आयोगमा बाराबाट निर्वाचित ४ जना सांसदहरूले स्वर्णकारविरुद्ध उजुरी दिएका थिए । आर्थिक अनियमितता, पार्टी संगठन परिचालन नगरेको, विपक्षी दलका उम्मेदवारको पक्षमा लागेको लगायत आरोप उनीमाथि लागेको थियो । त्यसैले उनलाई कारबाही गरिएकाले रास्वपाले जनाएको छ ।

Advertisement
तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.