रास्वपा भेलाबाटै निकालिए सांसद

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ९, शनिबार १५:१७

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बारा भेलाबाट सांसद लखेटिएका छन् । जिल्ला स्तरीय विस्तारित बैठकमा विवाद हुँदा सांसदहरू रहबर अन्सारी, गणेश धिमाल, अरबिन्द साह र चन्दन सिंह कार्यक्रम स्थलबाट निकालिका हुन् ।

जिल्ला सभापति चन्दन स्वर्णकारलाई पार्टीले साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेपछि स्वर्णकार पक्षधरले कलैयास्थित कार्यक्रमस्थलमा नाराबाजी गरेकाे थियाे ।

Advertisement

बारा १ का सांसद गणेश धिमालले स्वर्णकार समर्थक कार्यकर्ताले कार्यक्रम बिथोल्ने प्रयास गरेपनि पार्टीको निर्धारित कार्यक्रम भने सुरु भएको बताए । स्वर्णकारलाई पार्टीले निष्कासन गर्न नहुने माग राख्दै उनका समर्थकले नाराबाजी गरेका थिए । पार्टीबाट निष्काशनमा परेका स्वर्णकारले बारा जिल्लाका सांसदहरूले आफू निकट व्यक्तिहरुलाई मात्रै समेटेर जिल्ला समिति बनाउने प्रयास गरेपछि पार्टीका पुराना कार्यकर्ताले विरोध जनाएको प्रतिक्रिया दिएका छन् ।

तपाइको प्रतिक्रिया
अमेरिका–इरान थप टकरावको जोखिम बढ्दै, खाडी र युरोपेली शक्ति कूटनीतिक दौडमा
२७ देशद्वारा आपतकालीन आर्थिक सहयोग माग
मिल्स गोल्डकपः झापालाई हराउँदै उदयपुर सेमिफाइनलमा 
मिल्स गोल्डकपः झापालाई हराउँदै उदयपुर सेमिफाइनलमा 
ओली नेतृत्वमै समस्या समाधानको पक्षमा एमाले सचिवालय
सचिवालयमा एक्लिए ओली, तर, नेतृत्व नछाड्ने अडान
अलकत्राको भाउ बढ्दा राेकियाे महेन्द्र राजमार्गकाे कालोपत्र
वीरेन्द्र साहलाई केन्द्रीय सहकारी विभाग सदस्यको जिम्मेवारी
मोरङमा पहेँलो धातुको टिल देखाएर लुटपाट गर्ने गिरोह फेरि सक्रिय, पुरानै अभियुक्त पक्राउ
नेपाली कांग्रेस लाैकही भेलाकाे २८ बुँदे संकल्प (पूर्णपाठ)
ताप्लेजुङको टिप्ताला नाका पुनः सञ्चालनमा 
ताप्लेजुङको टिप्ताला नाका पुनः सञ्चालनमा 
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.