रास्वपाको महाधिवेशन तयारी तीव्र (कार्यतालिकासहित)

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १०, आइतबार १९:०८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनको तयारी तीव्र पारेको छ । पार्टीले महाधिवेशन कार्यतालिका नै सार्वजनिक गरेको छ ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगले आइतबार महाधिवेशन केन्द्रित तयारीका कार्यक्रम सार्वजनिक गरेको हो । आगामी असार ७, ८ र ९ गते चितवनमा हुने महाधिवेशनलाई लक्षित गर्दै ७७ जिल्लामा निर्वाचन समिति गठन, पालिका, जिल्ला र प्रदेश अधिवेशन सञ्चालन तथा महाधिवेशन प्रतिनिधिको नामावली संकलनलगायतका काम तालिकामा समेटिएका छन् ।

Advertisement

केन्द्रीय निर्वाचन आयोगका उपप्रमुख राम गुरुङले सार्वजनिक गरेको कार्यतालिकाअनुसार सातै प्रदेशमा संगठनात्मक तयारीलाई तीव्र बनाइनेछ । पार्टीले महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्ने विषयमा पनि छलफल अघि बढाउने जनाएको छ ।

यस्तो छ कार्यतालिका

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.