सदस्यता अध्यावधिक गराउन मोरङमा कांग्रेसको समिति

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ११, सोमबार १०:२१

विराटनगर । मोरङमा नेपाली कांग्रेसले निर्वाचन क्षेत्रमा नवीकरण भएका सदस्यता अध्यावधिक गराउनका लागि समिति गठन गरेको छ ।

जिल्लाका सभापति डिगबहादुर लिम्बूका अनुसार केन्द्रको निर्देशन अनुसार अध्यावधिकको समय जेठ २१ गतेसम्मका लागि बढाइएको छ । सुरुमा केन्द्रले वैशाख मसान्तसम्मको सीमा तोके पनि समयअभावका कारण सदस्यता अध्यावधिक गर्ने कार्य बाँकी रहेको अवस्थामा समय थप भएको सभापति लिम्बूले बताए ।

Advertisement

सोही क्रममा जिल्ला सभापति लिम्बूले मोरङका विभिन्न निर्वाचन क्षेत्रमा समिति गठन गरिएको बताए । सदस्यता अध्यावधिकका लागि मोरङ क्षेत्र नम्बर १ मा महासमिति सदस्य ललित अधिकारीको संयोजकत्वमा गठित समितिमा सीता कार्की र सोभितमाया तामाङ सदस्य छन् ।

त्यस्तै, क्षेत्र नम्बर २ मा जिल्ला सचिव मोदराज घिमिरेको संयोजकत्वमा गठित समितिमा तारानाथ प्रसाईं, देवेन्द्र लुइटेल र अन्जना अधिकारी सदस्य रहेका छन् । क्षेत्र नम्बर ३ मा सचिव ललित श्रेष्ठको संयोजकत्वमा भोजराज बस्नेत, सकुन्तला सुवेदी, र अनुप योञ्जन सदस्य छन् ।

क्षेत्र नम्बर ४ मा जिल्ला उपसभापति भक्तिनाथ माझीको संयोजकत्वमा चेतराज बस्नेत, भीम रिजाल र दुर्गा कोइराला रहेका छन् । क्षेत्र नम्बर ५ मा संयोजक दिलीप पोखरेलको संयोजकत्वमा पंकज वर्मा, शत्रुघन रजक र मीना मुर्मु सदस्य छन् ।

क्षेत्र नम्बर ६ मा भुवनेश्वर मण्डलको संयोजकत्वमा रञ्जु अधिकारी, सञ्जय मण्डल र मञ्जु श्रेष्ठ रहेका छन् । क्रियाशील सदस्यको अध्यावधिक हुँदा डिजिटल संरचनामा सहज पहुँच र केन्द्रमा समेत रेकर्ड रहने बताइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.