देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ११, सोमबार १८:१९

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई तत्काल पक्राउ नगर्न आदेश दिएको छ ।

अदालतले उनीहरूविरुद्ध जारी भएको पक्राउ पुर्जीका आधारमा कुनै पनि गिरफ्तारी नगर्नु–नगराउनू भनी अन्तरिम आदेश जारी गरेको हो । न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले उक्त आदेश दिएको छ ।

Advertisement

इजलासले पक्राउ प्रक्रिया र त्यसका कानुनी आधारका बारेमा प्रश्न उठाउँदै हाललाई यथास्थितिमा राख्नुपर्ने निष्कर्ष निकालेको स्रोतहरूले जनाएका छन् । यस मुद्दाको पृष्ठभूमिमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको अनुसन्धानका आधारमा अघि बढाइएको कानुनी प्रक्रिया रहेको छ ।

विभागले अनुसन्धानपछि चल्ने मुद्दाहरू विशेष अदालतमार्फत अघि बढ्ने व्यवस्था सम्बन्धी कानुनी संरचनालाई आधार मानेर प्रक्रिया अघि बढाइएको उल्लेख छ । तर, विशेष अदालतमा लैजानुपर्ने प्रकृतिको मुद्दा काठमाडौं जिल्ला अदालतबाटै अघि बढाइएको र त्यही अदालतबाट पक्राउ पुर्जी जारी गरिएको विषयलाई लिएर सर्वोच्च अदालतमा प्रश्न उठाइएको हो ।

सर्वोच्चले जिल्ला अदालतबाट जारी भएको पक्राउ पुर्जीको वैधता र प्रक्रिया सम्बन्धमा प्रारम्भिक रूपमा गम्भीर शंका व्यक्त गर्दै तत्काल पक्राउ नगर्न आदेश दिएको हो । यो आदेशसँगै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेकी उनकी पत्नी आरजु राणा देउवामाथिको अनुसन्धान प्रक्रिया अदालतको अन्तिम निर्णय नआउँदासम्म यथास्थितिमा रहने भएको छ ।

अदालतले मुद्दाको अन्तिम सुनुवाइ नभएसम्म पक्राउ प्रक्रिया अघि नबढाउन सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिएको छ । यस घटनाले न्यायिक प्रक्रिया, अनुसन्धान निकाय र अदालतबीचको क्षेत्राधिकारका बारेमा बहस सुरु गराएको छ ।

सर्वोच्च अदालतको आदेशसँगै अब अनुसन्धान प्रक्रिया कसरी अघि बढ्छ भन्ने विषयमा चासो बढेको छ । साथै, पक्राउ पुर्जी जारी गर्ने अधिकार र त्यसको कार्यान्वयन सम्बन्धी विषयमा पनि थप स्पष्टता आवश्यक रहेको कानुन व्यवसायीहरूले टिप्पणी गर्न थालेका छन् ।

तपाइको प्रतिक्रिया
प्रधानन्यायाधीशविरुद्धको रिटमा सर्वाेच्च : ‘औचित्य सकियो’
देउवा दम्पतीकाे विषयमा सर्वाेच्चले उठायाे गम्भीर प्रश्न (पूर्णपाठ)
एसियाली खेलमा पलेशालाई कांस्य
एसियाली खेलमा पलेशालाई कांस्य
बिर्तामोडबाट भन्सार छलीका कपडा बरामद
सुकुम्वासी संघर्ष समितिद्वारा देशव्यापी आन्दोलनको घोषणा
एथलेटिक्स टोली हङकङ जाने
एथलेटिक्स टोली हङकङ जाने
डाइनियामा माेटरसाइकलकाे ठक्करबाट पैदलयात्रीकाे मृत्यु
क्रियाशील सदस्यता अद्यावधिकमा कांग्रेसको कडाइ, प्रदेशमा जिम्मेवारी बाँडफाँट
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश
सरकारका प्रवक्ताको ‘झुक्याउने अभिव्यक्ति’ : विरोधाभासबीच रवि लामिछाने दिल्ली जाने तयारीमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.