क्रिकेट खेलाडीको वर्गीकरण, तीन खेलाडी ए प्लसमा

Share this
660shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ११, सोमबार १९:४६

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडीका लागि ग्रेट थप गरेको छ । सन् २०२६ का लागि पुरुष र महिला राष्ट्रिय क्रिकेट खेलाडीहरूको नयाँ केन्द्रीय सम्झौता (वर्गीकरण) घोषणा गरेको हाे ।

क्यानद्वारा जारी विज्ञप्तिमा याे वर्ष ३८ जना पुरुष र २५ जना महिला खेलाडीहरूलाई विभिन्न श्रेणीमा विभाजन गरी सम्झौता गरिएको हो ।

क्यानले यसपटक खेलाडीहरूको वर्गीकरणसँगै उनीहरूको मासिक तलब र म्याच फीको नयाँ संरचनासमेत निर्धारण गरेको छ।

क्यानले यो पटक पुरुष खेलाडीहरूलाई पाँचवटा श्रेणीमा वर्गीकरण गरेको छ । माथिल्लो ‘ए प्लस’ श्रेणीमा कप्तान रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने छन् ।

‘ए’ श्रेणीमा सोमपाल कामी, आसिफ शेख, कुशल भुर्तेल र करण केसी रहेका छन् ।  ‘बी’ क्याटगोरीमा ललित राजवंशी, आरिफ शेख, भीम सार्की, नन्दन यादव र गुल्सन झा  छन् ।

उदयीमान ११ जना खेलाडीहरू ‘सी’ श्रेणीमा परेका छन्। जसमा सुन्दीप जोरा, अर्जुन कुमाल, कुशल मल्ल, शेर मल्ल, इशान पाण्डे, बसिर अहमद, लोकेश बम, शाहब आलम, हेमन्त धामी, विनोद भण्डारी र अनिल शाह  छन् ।

१५ जना खेलाडीहरूलाई ‘डी’ अर्थात विकास हुँदै गरेका (डेभलपमेन्ट) श्रेणीमा राखिएको छ । यो श्रेणीमा तृतराज दास, रसिद खान, सन्तोष यादव, नारायण जोशी, विपीन खत्री, रिजन ढकाल, युवराज खत्री, देव खनाल, पवन सर्राफ, आकाश चन्द, दीपक डुम्रे, अर्जुन घर्ती, अर्जुन साउद, प्रतिश जि.सी. र सागर ढकाल छन्।

महिलातर्फ ४ खेलाडी ‘ए’ श्रेणीमा

क्यानले महिला क्रिकेटतर्फ खेलाडीहरूलाई चारवटा श्रेणीमा विभाजन गरेको छ । यसअन्तर्गत ‘ए’ श्रेणीमा कप्तान इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री र सीता रानामगर रहँदा ‘बी’ क्याटगोरीमा कविता कुँवर, सम्झना खड्का र मनिषा उपाध्याय परेका छन् भने ‘सी’ मा बिन्दु रावल, कविता जोशी, रुवी पोद्दार र रिया शर्मालाइ समेटिएको छ।

महिला क्रिकेटको विकास र सुदृढीकरणका लागि १४ जना खेलाडीहरूलाई विकास (डेभलपमेन्ट) श्रेणीमा वर्गीकरण गरिएको छ। यस श्रेणीमा रोमा थापा, सुमन विष्ट, ईश्वरी विष्ट, सोनी पाख्रिन, साना प्रवीन, सबित्री धामी, काजोल श्रेष्ठ, सीमन्का के.सी., अनु कडायत, यशोदा विष्ट, लक्ष्मी साउद, ममता चौधरी, अस्मिना कर्माचार्य र रचना चौधरी रहेका छन्।

कुन श्रेणीलाई कति तलब ? 

क्यानले पुरुष र महिला खेलाडीहरूको पारिश्रमिकमा श्रेणीअनुसार फरक-फरक दर तोकेको छ । पुरुषतर्फ ‘ए प्लस’ श्रेणीमा रहेका खेलाडीले मासिक १ लाख २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

‘ए’ श्रेणीका पुरुष खेलाडीले मासिक १ लाख रुपैयाँ, ‘बी’ श्रेणीकाले मासिक ७५ हजार रुपैयाँ, ‘सी’ श्रेणीकाले मासिक ५५ हजार रुपैयाँ र विकास (डी) श्रेणीमा रहेका पुरुष खेलाडीले मासिक ३५ हजार रुपैयाँ तलब पाउने छन् ।

महिला खेलाडीहरूतर्फ ‘ए’ श्रेणीमा रहेका खेलाडीको मासिक तलब ५५ हजार रुपैयाँ निर्धारण गरिएको छ । यसैगरी ‘बी’ श्रेणीका महिला खेलाडीले मासिक ४० हजार रुपैयाँ, ‘सी’ श्रेणीकाले मासिक ३० हजार रुपैयाँ र विकास (डी) श्रेणीमा आवद्ध महिला खेलाडीले मासिक २५ हजार रुपैयाँ पारिश्रमिक प्राप्त गर्नेछन्।

खेलाडीहरूको मनोबल उच्च बनाउन क्यानले मासिक तलबका अतिरिक्त प्रतिम्याच फीको समेत व्यवस्था गरेको छ। अबदेखि पुरुष र महिला दुवै टोलीका क्रिकेट खेलाडीहरूले समान म्याच फी पाउनेछन् । जसअनुसार टी-२० अन्तर्राष्ट्रिय (टी-२० आई) तर्फ प्रतिखेल १० हजार रुपैयाँ र एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) तर्फ प्रतिखेल १५ हजार रुपैयाँ म्याच फी प्राप्त गर्नेछन्।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×