
काठमाडौं । हर्क साम्पाङ (हर्कराज राई) नेतृत्वको श्रम संस्कृति पार्टीले आफ्ना सबै तहका कार्यक्रमहरूमा अध्यक्षको तस्बिर अनिवार्य रूपमा प्रयोग गर्न निर्देशन जारी गरेको छ ।
पार्टीको कोशी प्रदेश समितिका अध्यक्ष प्रताप राई र सचिव दीपक तिमिल्सिनाले जारी गरेको पत्रमा प्रदेश मातहतका जिल्ला, महानगरपालिका, उपमहानगरपालिका, गाउँपालिका, वडा तथा टोल तहसम्म हुने कार्यक्रमहरूमा अध्यक्ष साम्पाङको तस्बिर राख्न भनिएको हो ।
निर्देशनअनुसार कार्यक्रमका ब्यानर, पोस्टर तथा अन्य प्रचारप्रसार सामग्रीमा ‘श्रम पिता’ भनेर सम्बोधन गरिएका अध्यक्ष साम्पाङको तस्बिर अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने उल्लेख गरिएको छ । पत्रमा पार्टीको वैचारिक अभियान र संगठनात्मक एकरूपताका लागि यस्तो व्यवस्था लागू गरिएको जनाइएको छ ।



















