कोशी प्रदेशको आगामी बजेट : उत्पादन, रोजगारी र पर्यटन मुख्य प्राथमिकतामा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १२, मंगलबार १८:०१

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ को बजेटमा उत्पादन वृद्धि, रोजगारी सिर्जना र पर्यटन प्रवर्धनलाई आफ्नो मुख्य प्राथमिकतामा राख्ने भएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा शनिबार विराटनगरमा आयोजित ‘आर्थिक वर्ष २०८३– ८४ को बजेट तर्जुमा सम्बन्धी छलफल तथा अन्तरक्रिया’ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यस्तो बताएका हुन् ।

Advertisement

छलफलमा सहभागी प्रदेश सभा सदस्यहरूले कृषिको आधुनिकीकरण, पर्यटन र बसाई–सराई न्यूनीकरणका लागि ठोस कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएका छन् ।

मुख्यमन्त्री कार्कीले आगामी बजेटले विशेष गरी स्थानीय उत्पादनको प्रवर्धन, गरिबी निवारण र पर्यटकीय पूर्वाधार विकासमा जोड दिने स्पष्ट पारे ।

मुख्यमन्त्री कार्कीले प्रदेशका १३७ वटा स्थानीय तहसँगको साझेदारीमा ‘एक पालिका, एक कृषि उत्पादन’ कार्यक्रम सञ्चालन गरिने बताए । ‘स्थानीय विशेषताका आधारमा उत्पादन वृद्धि गरी रोजगारी सिर्जना गर्ने र रैथाने उद्योगहरूलाई प्रोत्साहन गर्ने नीति सरकारले अघि सार्नेछ,’ उनले भने ।

प्रदेशभित्रका घरेलु उद्योगलाई प्रोत्साहन गर्न सरकारले नयाँ योजना ल्याएको छ । मुख्यमन्त्री कार्कीका अनुसार प्रदेशका चार हजार कर्मचारीलाई वार्षिक पोशाक भत्तामा थप ५ हजार ५ सय रुपैयाँ उपलब्ध गराइनेछ । उक्त भत्ता बापत कर्मचारीले हप्ताको एक दिन अनिवार्य रूपमा स्थानीय उत्पादन र स्वदेशी पहिरन लगाउनुपर्ने व्यवस्था जेठ महिनादेखि कार्यान्वयनमा ल्याइएको उनले बताए । यसबाट करिब दुई सय घरेलु उद्योगलाई प्रत्यक्ष राहत पुग्ने सरकारको विश्वास छ ।

पर्यटन क्षेत्रको विकासका लागि आगामी आर्थिक वर्षलाई ‘भिजिट कोशी’ वर्षका रूपमा घोषणा गर्ने सरकारले विदेशमा रहेका नेपालीहरूलाई प्रदेशका पर्यटकीय स्थलहरूको भ्रमणका लागि निमन्त्रणा गर्नेछ । प्रदेशका २९ वटा पालिकालाई जोड्ने गरी चारवटा प्रमुख पदमार्ग निर्माण सम्पन्न गर्ने लक्ष्य छ । यसले ग्रामीण अर्थतन्त्र र रोजगारीमा ठूलो टेवा पुग्नेछ ।

आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङथेपले प्रदेश सरकारको ‘उदय परियोजना’ मार्फत साना तथा मझौला उद्योगको विकास र ब्याज अनुदानमार्फत कृषिको आधुनिकीकरणमा सहयोग पुग्ने बताए ।

भौतिक पूर्वाधार विकास मन्त्री प्रदीपकुमार सुनवारले पहाडी तथा हिमाली क्षेत्रबाट भइरहेको तीव्र बसाई–सराई रोक्न प्रभावकारी योजना ल्याउने बताए । प्रदेश सांसदहरूलाई ‘एक जिल्ला, एक साझा योजना’को अवधारणामा अघि बढ्न आग्रह गरे ।

प्रदेशका मुख्य सचिव राजेन्द्रकुमार पौडेलले आगामी बजेट आयआर्जन, रोजगारी, स्वास्थ्य र शिक्षामा सबैको पहुँच पुग्ने गरी आउने बताए ।

तपाइको प्रतिक्रिया
महानगरपालिकाका मेयरसहित ४ जनाविरुद्ध पक्राउ पुर्जी जारीमेयर राजेशमान सिंह
महानगरपालिकाका मेयरसहित ४ जनाविरुद्ध पक्राउ पुर्जी जारी
संशोधनको समय नदिइ सभामुखले पास गरे कोशीको नीति तथा कार्यक्रम, प्रतिपक्षीको अवरोध
मोरङमा लागुऔषधविरुद्ध सर्वपक्षीय प्रतिबद्धता
‘लिम्बू भाषा’ सरकारी कामकाजी भाषाका रूपमा लागू
‘लिम्बू भाषा’ सरकारी कामकाजी भाषाका रूपमा लागू
उर्लाबारीको काँसघारीमा सडेको शव : महिलाको मृत्यु रहस्यमय, पति प्रहरीको नियन्त्रणमा
कोशी प्रदेशको आगामी बजेट : उत्पादन, रोजगारी र पर्यटन मुख्य प्राथमिकतामा
जगदीश खरेलको ‘तमासा’ टिप्पणीले संसद ततायो, नेकपाद्वारा रेकर्डबाट हटाउन माग
झूटो बकपत्र गरेको अभियोगमा तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
झूटो बकपत्र गरेको अभियोगमा तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा
मोरङ र सुनसरीमा हावाहुरीले पोल ढाल्दा विद्युत अवरुद्ध
नागरिकको जीवनस्तर उकास्न सरकारले काम गरिरहेको छ : प्रधानमन्त्री
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.